टाठी आमैको हाँसो हेर्ने रहर

आमैको हाँसो

आमैको हाँसो


‘झन् भन्दै छु त्याँ पर पैरो गा’छ रे’, आमै आफ्नै सुरमा फतफताउँदै हिँड्दै छिन् ।

‘के भयो आमा ?’, संगैका साथी प्रभात भट्टराईले सोधे ।

‘त्यइ क्या बाबु राम्चेमा पैरोले मान्छे अलपत्र छन् रे, तारिदिने मौकामा उम्कि हालौँ भन्या नि’, उनले पछाडीका आफन्तलाई हेर्द्रै भनिन् ‘उनरु आफ्नै तालाँ छन् ।’

‘को को आउनु भा’छ आमा ?’, मुखबाट प्वाक्क प्रश्न निस्कि हाल्यो ।

‘हामी त एउटै घरका छौँ । छोरा नाति अनि घरका मालिकु’, उनले आफ्नोपन देखाउँदै भनिन् । घरका मालिक अर्थात् उनका श्रीमान् ।

‘आमाले लगाको नौगडी त निकै राम्रो छ नि माईतिले दिएका ?,’ यस्ती आमाको माईतिको कुरा सुन्ने धोको मेटाउन म यो प्रश्न गर्छु ।

माइतिले दिएको त उनले उहिलै बेचिछन् । ‘त्यसो भए बाले किन्दिनु भाको ‘, उनले अलि लजाए जस्तो गरेर भनिन्, ‘अँ बाले किन्दिनु भएको ।’ अब झण्डै झण्डै बा पनि हाम्रा नजिक आइसके । आमाले उत्तर दिँदा म बा को अनुहारको छनक हेर्न चाहन्छु । उनले अनुहारमा कुनै परिवर्तन आउन दिएनन् ।

‘आमाको नाम चाहिँ’, मैले सोधेँ ।

‘मिठ्ठु मैयाँ किन र बाबु’, उनको उत्तर दिनु अगावै मैले प्रश्न गरेँ,’अनि थर ?’

‘हामी त ठकुरी हम् देवीघाटका,’ रवाफिलो तरिकाले उनले भनिन् ।

बा आमा संगै

बा आमा संगै


‘तर आमा तपाइँ त देवी जस्तै हुनुहन्छ ।’ मेरो यो प्रतिकृयामा उनले मसिनो हाँसो हाँसिन् । उनको अनुहारको यो चमक देख्दा मलाई तत्काल तस्बिर उतार्न मन लाग्यो । तर उनी हाँस्न चाहिनन् । कारण रहेछ बाँकि रहेको एउटै दाँत देखिँदा नराम्रो देखिन्छ भन्ने पीर । बरु उनी त आफ्नो माइतिको कुरा पो गर्न थालिन् त । उनी आफ्ना बा आमाको एक्ली सन्तान रहिछन् । चार भाई बाउ मध्य उनका बुवाका मात्रै उनी एक्ली सन्तान रहिछन् । बिहेको प्रसङ्ग निस्कँदा उनले भनिन्,’एक्ली सन्तान भएकीले हाम्रो बाले कुलघरान छानेर दिएका ।’ ‘तर बिहे पछि म एक्ली सन्तान भए पनि माईतिको सम्पति हामीले लोभ गरेनौ,’ श्रीमान् तिर हेर्दै नहेरी उनले भनिन् ।

उनी आफँैले चाहिँ ६ जना सन्तान जन्माइछन् । जम्मा तीन जना मात्रै बाकिँ छन् अहिले । अरु सानैमा बिते रे । ‘किन त्यति धेरै जन्माएको त ? प्रश्नमा उनले भनिन्,’भग्वानले दिएको कुरा थाप्नपर्छ भनेर हामी उहिले अहिलेको जस्तो साधन लाउदैनथ्यौं ।’
भर्खरै भेटेका छोराले अँगालो मार्दा आमा नहाँसि बस्न सकिनन्

भर्खरै भेटेका छोराले अँगालो मार्दा आमा नहाँसि बस्न सकिनन्


बाचेकामा गर्व गर्दै संगै आएका छोरालाई हेर्दै भनिन्,’हाम्रो छोरा जे भने पनि पुर् याइदिन्छ । तीर्थ यात्रा धेरै ठाउँमा गरेको सुनाउँदै उनले भनिन्, ‘दुइटा मोटरसाइकल गाडी सबै जोड्या छ छोराले । अब हिउँदा मुक्तिनाथ पुर् यादिन्छ ।’

खिरिलो शरिर भएकी आमाले टाउकोमा रातो गम्सल बेरेकी छिन् । घाँटी भरीको नौ गेडी लगाएकी हातमा लट्ठी हुँदा बाटोमा कसैले भेट्न नसकिएली जस्ती । उनी संगै हिड्दा हाम्रो पनि वेग बढेको छ । आमाको टाठो बोलीले ’roundका यात्रु पनि एकत्रित भएका छन् । सबैमा चासो छ आमाका कुरा सुन्ने ।

म भने यो दम्पतीको फोटो खिच्न चाहन्छु । उनीहरुलाई नजिकै बस्न भन्छु । भर्खरै यात्रामा नजिकिएका रसुवा पत्रकार कुँदिएको ज्याकेट लगाएका अपरिचित ठट्टा गर्छन्,’बाले आमालाई अँगालो मार्नपर् यो ।’ भेला भएका सबै हाँसे ।

आमाले तत्काल प्रतिकृया जनाइन् ,’हुँदैन हामी अहिलेका केटाकेटीजस्तो छिचरिया छैनौं ।’ मलाई भने उनीहरु हाँसेको फोटो खिच्ने मन छ । तर आमा बाकिँ रहेको एउटा दाँत देखिएला भन्ने पीरले मुख उघार्ने हैन ।

लगत्तै प्रभात भट्टराईले फोटो खिच्न चाहे । पछाडीबाट अँगालो मारेर ‘छोराले त हुन्छ नि आमा’ भन्दा उनी बल्ल हाँसिन् । ‘हैन किन यतिका मेरा फोटा खिचेका’ आमा अलि मख्ख पर्दै भनिन् । त्यसपछि के सोचिन् आमा आफ्नै संग हिड्न थालिन् । पछि घुम्तीमा भेट्दा मेरो गालामा कमला हातले सुम्सुमाउँदै चिन्याै भनिन् ।
‘किन नचिन्नु आमा तपाईँको हाँसो हेर्ने रहर अझै छ ।’ यति भन्दा उनी थोरै हाँसिन् । छुटिने बेला भैसकेको थियो । नरमाइलो लागे पनि उनको हाँसो क्यामराबाट कम्प्यूटरमा खनाउँदा कति आनन्द आउला जस्तो लागिरह्यो ।

Advertisements

2 thoughts on “टाठी आमैको हाँसो हेर्ने रहर

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )