दृष्टिविहीनको ‘भिजन टुर’

यो लेख आजको नागरिक घुमफिरमा प्रकाशित भएको हो ।

यो खुत्रुके रोजिनाले पछि सम्मै आफैँ छातीमा च्यापिरहिन्

यो खुत्रुके रोजिनाले पछि सम्मै आफैँ छातीमा च्यापिरहिन्



टङ टङ टङ …

गाडी छुट्न लाग्दा घन्टाघरको घन्टी नौचोटी बज्दै थियो । भक्तपुर र नगरकोट भ्रमणका लागि उत्साही भएर घन्टाघरमा भेला भएका ३० जना दृष्टिविहीनहरुले चाल पाए विहानको नौ बजेछ । शनिबारको दिन । दृष्टिविहीनहरुसंग कला र संस्कृतिको सुन्दर नगरी भक्तपुर र रमणीय पर्यटन स्थल नगरकोट घुम्न जाँदै थियौं हामी । भ्रमणको नाउँ थियो भिजन टुर ।

नटराज ट्राभल्सले आफ्ना संस्थापकको दसौं पुण्यतिथि पारेर सबैका लागि पर्यटन भन्ने उद्देश्यका साथ यो भ्रमण आयोजना गरेको थियो । कार्यक्रमका योजनाकार थिए टिम नोदनका रमण भट्टराई । साथमा थियो इन्टरफेस नेपालको टोली जो भ्रमणलाई वृत्तचित्रमा उतार्दै थियो । अनि हाम्रा गाइड थिए वसन्त रायमाझी । सात वर्षदेखि पथप्रदर्शकको काम गर्दै आएका उनी पहिलोचोटि दृष्टिविहीनहरुलाई ठाँउ चिनाउँदै थिए ।
DSC07133रमाउँदै निस्कियौं भिजन टुरमा ।

आधा घन्टामा भक्तपुरको टुरिस्ट वसपार्क पुग्दा धिमे बाजाको झन्कारसंगै स्थानीय नेवार युवतीहरु हाम्रो स्वागतमा तयार थिए ।

‘अहिले हाम्रा दाँया बायाँ क्युरिया पसलहरु छन्,’हाकुपटासीमा सजिएकी एक युवतीले दरबार स्क्वायर चिनाउँदै भनिन् ।

बाजाको ताला हिँड्दै दृष्टिविहीन रमेश दाहालले भने,’मलाई त अहिल्यै नाचौं-नाचौंजस्तो लाग्यो ।’ भ्रमणकर्तामा धेरैको संगीतमा रुचि थियो कोही त आफैं सिकिरहेका रहेछन् ।

हाकुपटासीमा सजिएका नेवार युवती धिमे बाजा बजाउँदै

हाकुपटासीमा सजिएका नेवार युवती धिमे बाजा बजाउँदै


पचासजना जतिको समूह ढिक्का भएर बाजागाजासहित भक्तपुर नगर परिक्रमा गर्दा स्थानीयबासी घरका आँखीझ्यालबाट चियाइरहेका थिए । मन्दिरबाट फर्कदैँ गरेका महिला हातमा पूजाको थाली र पानीको करुवा च्यापेर हाम अचम्म मान्दै । दृष्टिवीहिनहरुको भ्रमणले पर्यटकहरुको पनि ध्यान चोरेको थियो । भक्तपुरका प्राचीन दरबारको तस्बीर खिच्न आएकाहरु हामीतिरै क्यामरा सोझ्याउँदै थिए ।

दरबार स्क्वायर छिर्ने मूल गेटभन्दा ठीकभित्र भक्तपुर नगरपालिकाका पूर्वमेयर पे्रम सुवाल दृष्टिविहीनहरुको स्वागत गर्न उभिएका थिए ।

‘दृष्टिविहीनहरुले भक्तपुर भैमण गर्न लागेकोमा म निकै खुसी छु,’ उनले भने ‘यसले दृष्गिटविहीनले पनि भैमण गनै सक्छन् भन्ने मान्यता विकास गर्छ । आन्तरिक पर्यटनलाई पनि टेवा पुर् याउँछ ।’

क्लिक क्लिक

क्लिक क्लिक




नेपाल नेत्रहीन संघका अध्यक्ष विरेन्द्रराज पोखरेलले सहमति जनाउँदै भने, ‘२०११ मा हुने भैमण वर्षमा विदेशी दृष्टिविहीनका लागि पनि छुट्टै प्याकेज ल्याउनुपर्छ ।’

यतिञ्जेल हामैा गाइड बसन्त दरबार स्क्वायरको मध्य आँगनमा बसेर ठाँउको बेलिविस्तार लाउँदै थिए ‘अहिले हामी डग बार्किङ बेल नजिकै छौं ।’ पहिला मान्छे मर्दा यो बेल बजाइन्थ्यो । कुकुरहरु घन्टी बज्नेबित्तिकै हुनाले यो बेलको नामै बार्किङ बेल राखिएको हो ।’

सँगै गएकी संगीतकी विद्यार्थी लीला दाहालले घन्टी छाम्ने र बजाउने इच्छा देखाइन् । तर उनको छाम्ने इच्छा मात्र पस्रा भयो । घन्टी चर्किएकाले बजाउन नमिल्ने भइसकेछ । भूपतिन्द्र मल्लको सालिक रहेको ढुंगे पिलरको स्पस्र गर्न भने कसैले छुटाएनन् । त्यसको ठ्याक्कै अगाडि छ गोल्डन गेट ।

‘के यो सुनकै हो ?’ नमूना मच्छिन्द्र स्कुलका विद्यार्थी राजकुमार सभ शंकरले गेटमा कुँदिएका तस्बिरहरु छाम्दै जिज्ञासा राखे ।

‘सुनको त जलप मात्रै हो,’ रायमाझीले यसो भन्दा उनीहरु खिन्न भए । तैपनि त्यो निकै कलात्मक रहेछ भन्ने उनीहरुलाई लाग्यो । ुहाम्रा पुर्खाको हातमा कति धेरै सीप रहेछु क्यास्पियन भ्याली कलेजमा १२ पढ्दै गरेकी सावित्री पौड्यालले भनिन्। ‘यस्तो धातुमा पनि कस्तो बुट्टा भर्न सकेका होलान् ।’

हामी अब गोल्डज गेटभित्र छिर्दै छौं । पथप्रदर्शक वसन्त हामीलाई ‘निहुरेर आउनु’ भन्दै छन् । ढोका होचो भएकाले मात्र होइन मन्दिर दर्शनका लागि शिर झुकाएर छिर्ने चलनै रहेछ । तलेजु भवानीको दर्शन गर्दे इच्छा पनि सबैको थियो । तर दसैँको महाअष्टमीमा मात्र खुल्ने भएकाले हामीले त्यो अवसर पाएनौं ।

दर्शन गर्न नपाए पनि भित्रको कलात्मक झ्यालढोका छाम्दा नौ वर्षे भाइ आशिष कार्की दंग परे । ‘अब छामेको आधारमा साथीहरुलाई भक्तपुरको काष्ठकला’bout भन्न पनि सक्छु,’ उनले उत्साहित हुँदै भने ।

त्यसपछि हामी लाग्यौँ तलेजु मन्दिर परिसर पछाडीको मालती चोकतिर । त्यहाँ रहेको नागपोखरीमा पहिले राजाहरु नहाउँदा रहेछन् । वसन्तले सुन्धारामा भएको मुखाकृतिको वर्णन गर्दा वैज्ञानिक रमेश दाहाललाई छामेरै अनुभव गर्ने मन भएछ । उनले धारामाथिको गोही र पानी झर्ने ठाँउमा रहेको बोकाको मुखाकृति मात्र होइन धाराको पीँधमा भएको भगिरथ देवताको मूर्ति छामेरै थाहा पाए । त्या मूर्ति’bout वसन्तले केही भनेका थिएनन् । उनले सोधेपछि मात्र त्यसको प्रसंग उठ्यो ।

‘सधैँ पढेको आधारमा यहाँ यस्तो छ त्यहाँ यस्तो छ भन्नुभन्दा आफैँले छामेर महसुस गर्दा विद्यार्थीलाई सजिलै बुझाउन सकिन्छु त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कुमार थापाले भने । यसमा सबैले सही थापे ।

पचपन्न झ्याले दरबारको प्रसंग पनि सबैका लागि रोचक बन्यो । भुपतिन्द्र मल्लले आफ्ना ५५ रानीका लागि ५५ वटा कलात्मक झ्याल बनाएको थाहा पाएर सबै हाँसे ।

‘अब हामी पशुपतिनाथ मन्दिरलाई पूर्व पार्दै अघि बढिरहेका छौं,’ वसन्तले भने । उनको कुरा सुनेर एकजनाले सोध्यो, ‘भक्तपुरमा पनि पशुपतिनाथको मन्दिर’

वसन्त केही बोलेनन् । सायद सुनेनन् कि । तर। मन्दिरको ढोकैछेउमा बसिरहेका एक वृद्धले नेपाल भाषामा भने,’भइहाल्छ नि भक्तपुरमा पनि ।’

दृष्टिविहीनहरुको यो भ्रमणमा निस्कँदा म सोचिरहेकी थिएँ यिनले छामेर कसरी बुझ्लान् र तर म गलत थिएँ । भ्रमणका क्रममा उनीहरुले सोधेका प्रश्न सुनेर मलाई ताज्जुब लाग्यो । ‘अहिले म हिँडिरहेको भक्तपुरको तेली इट्टा होइन नि हो र,’ रमेश दाहालले सोधे ।

‘अहिले हामी जर्मनले सहयोग गरेर छापिदिएको चाइनिज इट्टामा हिँडिरहेका छौं,’ वसन्तले भने ।

जवाफ सुनेर रमेशले असन्तुष्टि पोखे, ‘कस्तो बिडम्बना अहिले तेली इट्टा भएको भए भक्तपुरको पहिचान त्यसले पनि देखाउँथ्यो ।’

मलाई अचम्म लाग्यो मलगायत अरु धेरै आँखा देख्नेहरुले पनि या कुराको हेक्का राखेका रहेनछौं । यस्तो विषयमा पर्यटकहरुले नै पनि कति नै पो चासो दिए होलान् र ?

त्यसपछि हामी साँघुरो गल्ली छिचाल्दै टौमढीमा रहेको न्यातपोल मन्दिर छिर् यौं । मन्दिर सामुन्नेको इट्टाको डिलमा बसेर वसन्तले मन्दिरको बेलिविस्तार लगाए । उनको वर्णन सुनेर सबैले मन्दिर दर्शन गर्ने इच्छा देखाए । तर त्यहाँ बढेमाको भोटे ताल्चा लागेको थियो ।


‘धत्तेरी यहाँ पनि दर्शन गर्न पाइएन,’ भींडबाट एकजनाले भन्यो । अघि तलेजु मन्दिर दर्शन गर्न नपाएकाले सबै निरास थिए ।

त्यही भोटेताल्चा पनि छोएर जाउँ भन्ने लाग्यो क्यारे सबैले पालैपालो छुन थाले । मध्याह्न बाह्र बजेको चर्को घाममा पाँचतले मन्दिरको अग्ला सिँडीबाट झर्दा नटराज ट्राभल्सका सहयोगी साथीहरुले भक्तपुरको लोकपि्रय जुजु धौ तयार पारेर राखेका रहेछन् । तातो घाममा सेक्किएर माटोको चिसो भाँडोमा स्वादिलो दही खान पाउँदा हामी रमायौं ।

कुमालेको चक्र

कुमालेको चक्र




अब हामी जाँदै छौँ माटाको भाँडा बनाउने पोट्रेट स्क्वायरतिर । कुमाले गर्मीले असिनपसिन हुदैँ हातको गिलो माटोलाई भाँडाको स्वरुपमा ल्याउँदै छन् । कुमालेको चक्र घुमेको आवाज सुनेर उनीहरु उत्साहित भए ।

‘यसको आकार कत्रो होला यो कस्तो छ हँ,’ सबै एकदमै जिज्ञासु भइरहेका थिए । आशिष र रोजिना माटाका विभिन्न भाँडाकुँडा पालैपालो छाम्दै थिए । उनीहरुलाई खुत्रुके निकै राम्रो लागेछ । मछि उनीहरुको इच्छा बुझेर नगरकोट कटेजले सबैलाई सम्झनाको चिनोस्वरुप खुत्रुके उपहार दियो । रोजिनाले त्यो खुत्रुके पछिसम्मै छातीमा च्यापेर बसिन् ।

कस्तो होला यो देख्दा ?

कस्तो होला यो देख्दा ?


यस्तो माटोबाट त्यस्तो भाँडा

यस्तो माटोबाट त्यस्तो भाँडा




गर्मी र भोकले सुस्ताएका हामी त्यसपछि बसको झ्यालबाट आउने चिसो हावा खाँदै नगरकोटको बतासे डाँडातिर सोझियौं । थकाइले अब सबै निदाउने भए भनेको त बसमा मादल घन्किन थाल्यो । बाहिर सिमसिम पानी परिरहेको थियो । बसघित्र आफूले जानेका गीत सबै पालैसँग गाइरहेका थिए ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा ।’

सात वर्षीया रोजिनाको सुरिलो स्वरले एकछिन सबलाई भावविभोर बनायो-

बम्बईबाट दिदीको फोन आयो

कुन पापीले सिमाना कटायो

कसले खेल्यो खेल

हाम्री दिदी बम्बईमा रुनु कतिञ्जेल

गीतका शब्दमा कहिले आँखा चम्काउँदै कहिले आँखा रसाउँदै हामी पुग्यौं नगरकोट कटेजमा । भोजन हामी भोकाहरुलाई कुरिरहेको थियो । खाना खाइवरी बाहिर निस्कँदा त पूरै हुस्सुले ढाकेको । यो मौसमले नगरकोटको मजा बिगार्ने हो कि भन्ने लाग्न थाल्यो । नभन्दै त्यही भयो । हुस्सुले घुम्टो उघार्दै उघारेन । तर हामी रोकिएनौं । बतासे डाँडासम्म भए पनि पुग्र्न पर् यो भनेर हामी निस्कियौं । त्यहाँ पुग्दा-नपुग्दै पानी दर्कियो ।


वैज्ञानिक दाहाल २५ वर्ष अघि वृक्षारोपण गर्न यहाँ आएका रहेछन् । आफूले रोपेका रुखवरिपरि उनले ढुंगा बिछ्याएर चिन्हो लगाएका थिए । त्यतिबेला आँखा देख्ने उनले ती रुख कत्रा भए छाम्ने इच्छा गरे । तर पानीको ठूलै चुटाइ र समय अभावले त्यो सम्भव भएन ।

हुस्सुले पुरै छेकेको छ भन्दा उनले ठट्टामै भने त्यसो भए जाउँ केही देख्नै पाईएन

हुस्सुले पुरै छेकेको छ भन्दा उनले ठट्टामै भने त्यसो भए जाउँ केही देख्नै पाईएन




प्राध्यापक थापा भने ठट्टा गर्ने मुडमा आएछन् । बतासे डाँडाको हेलिप्याडमा उभिएर उनले भने ुहुस्सु लागेर पारि देखिने हिमाल र हरिया डाँडाकाँडा देख्नै पाइएन लागौं अब घरतिर ।’

उनको ठट्टामा सबैले हाँसो गरे- ‘हो हो केही देख्नै पाइएन जाउँ अब ।’

Advertisements

One thought on “दृष्टिविहीनको ‘भिजन टुर’

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )