जिन्दगी बर्बाद गर्ने विरोध

यो लेख आजको नागरिक दैनिकमा प्रकाशित भएको हो ।

साँडे तीन वर्षअघि अभिभावकले मलाई काठमाडौं विश्वविद्यालयमा भर्ना गर्नुको कारण मेरो चाहनाका साथै बन्दबाट अछुतो विश्वविद्यालय भनेर पनि थियो । मेरा साथसाथै अन्य अभिभावकले पनि भन्ने गरेको सुनेको छु ुतिमी पढ्ने ठाँउमा त त्रिभुवन विश्वविद्यालयमा जस्तो बन्द हड्ताल हुँदैन होइन तु हो त्रिवीमा जस्तो बन्द हड्तालका कारण एक डेढ वर्ष ढिलो पढाइ सकिने हुँदैन केयुमा । तर केयु बन्दबाट पुरै अछुतॊ भने छैन । शैली फरक होला बन्दै नहुने चाहिँ हैन । त्यसमाथि काठमाडौं भक्तपुर र काभ्रे जुन जिल्लामा बन्द भएपनि त्यसको प्रत्यक्ष असर यहाँको पठनपाठनमा पर्छ ।

अघिल्लो सेमेस्टरको परीक्षा बन्दबाट प्रभावित हुन खोजेको थियो । त्यतिखेर बालकुमारीकै भवनमा विद्यार्थीलाई बसालेर परीक्षा लिइएको थियो । यस पटक भने परीक्षा नै स्थगित भएको सूचना टाँसिएको छ । यस पटक विश्वविद्यालयमा ताला नै मारिएको छ । यसरी ताला मार्ने पनि कसै न कसैका अभिभावकै हुन् । अब अभिभावकले नै परीक्षाको बेला परेर विरोध गर्छन् भने कसको के लाग्छ विश्वविद्यालय प्रशासन शिक्षक जोसँगकॊ असन्तुष्टि भए पनि उनीहरुले विद्यार्थीको परीक्षामा असर नपारी विरोध गर्न सक्थे । आखिर नेपालमा राम्रो कुरा सिक्ने संस्कार नबसे पनि नराम्रोलाई प्रश्रय दिने संस्कार जो विकसित भएको छ । विश्वविद्यालय प्रशासन वा सम्बन्धित निकायले पनि आन्दोलनकारीको उचित माग बेलैमा सम्बोधन गरेर परीक्षा अगावै टुंगो लगाएको भए हुने थियो ।

बन्दको कारण खुलाउँदै त्यहीँका एक जना विद्यार्थीले दिएका जानकारीअनुसार ‘केयु’ प्रशासनले विगतमा आफूहरुसँग गरेको सहमति के गर् या हो भन्या छैनन् । पूरा नगरेको विरोधमा स्थानीय बखुन्डोल शैक्षिक समाजले बन्द गरेको हो ।ु त कारण यस्तो रहेछ । विद्यार्थीको अन्तिम परीक्षाको अगाडि बन्द नै गर्नका लागि यो विषय निकै फितलो लाग्यो । यसमा बिरोधकर्ताले विश्वविद्यालयको परीक्षाकै समय विरोध गर्न सके आफ्नो माग पूरा हुने ठानेका हुनसक्छ । उता विश्वविद्यालयले पनि विद्यार्थीको भविष्यको त्यति नै चिन्ता गरेको थियो भने यो विरोधलाई कुनै उपायले परीक्षा पछिसम्म हटाउन सक्थ्यो ।

त्रिचन्द्र क्याम्पसमा टेन्डरको विवादमा िहंसात्मक घटना भयो । शिक्षाशास्त्रको स्नातकोत्तर तहको परीक्षार्थीले सुरक्षितरुपमा जाँच दिन पाएनन् । देशमा शान्ति सुरक्षा नहुँदा प्राथमिकदेखि स्नातकोत्तर सम्मका विद्यार्थी झन् बढी मारमा परेका छन्
सबै विद्यार्थी देशका सकि्रय नागरिक हुन् । दैनिक बन्दको विरोधको निसानामा यिनै विद्यार्थीलाई बनाउने हो भने नागरिक सर्वोच्चताको भाषण दिनुको के नै तुक भयो र यति बेला परीक्षाको प्रश्नपत्रमा घोरिएर राम्रो अङ्क ल्याउन घोटिनुपर्ने म परीक्षा सरेकामा भुटभुटिएको छु । यस्तो परिवेशमा अस्ति भर्खर विशिष्ट श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेकी बहिनीले ‘म त ए-लेभल पढेर विदेश जान्छु आफ्नो भविष्य मैले यहाँ देखेको छैन’ भन्दा मैले कसरी नेपाल मै केही गर्नुपर्छ भन्ने सल्लाह दिने ख्यातिको विभत्स घटनाले ऊ जस्ता थुप्रै विद्यार्थीको सातो लिएको छ । तिनको अनुहारमा कता कता ख्यातिको नियतिको छाप देखेजस्तो लाग्छ ।

प्रवेशिका परीक्षा सकेको अहिले झण्डै छ वर्ष हुन लाग्दा मैले महिनैपिच्छे बन्द हड्ताल र आन्दोलनको नयाँ नयाँ शैलीका सास्ती भोग्नुपरेको छ । यो मजस्ता धेरै विद्यार्थीको भोगाइ हो । आर्कषक विज्ञापनद्वारा विद्यार्थी र अभिभावकलाई रिझाएर आफ्नो कलेजमा विद्यार्थीको भर्ना सङ्ख्या बढाउने होडमा छन् कलेजहरु । यी कलेजले पहिला विद्यार्थीको भविष्यमा प्रतिकूल असर पर्ने कुनै पनि कुरालाई आफूले त्याग्ने प्रयत्न गरे कति राम्रो हुन्थ्यो । नेताहरुले बसालिदिएको आन्दोलन र विरोध संस्कारले नेपाली राजनीतिको अर्थ नै फेरिएको छ । राजनीति जस्तो देशको मूल नीतिलाई नै विद्यार्थीले फोहोरी खेल भनी बुझ्न थालेका छन् । खै अझै कति विद्यार्थी पुस्ताले यसरी मजस्तै परीक्षा होला किनहोला भन्ने अन्योलको वातावरणमा बाँच्नुपर्ने हो ?

Advertisements

2 thoughts on “जिन्दगी बर्बाद गर्ने विरोध

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )