गोरखा हुँदै कुरिनटार

DSC05533‘हेल्लो ! नमस्ते’ भन्दै स-सानाकेटाकेटी ‘हेर न कुईरे आएको’ भन्दै खासखासखुसखुस गर्दै छन् गितार डाँडामा । नाम खुलाउन नचाहने साथीलाई बाटामा सुनिने यस्ता अङ्ग्रेजी लवजले हैरानै पारेको छ । संगै गएका हामी दुई पनि के कम उसको गोरो छाला र विदेशीको जस्तो लाग्ने आवरण माथि थप ब्यङ्ग्य गर्दै छौँ । यही हैरानीले अघिदेखिको एक्लै हिड्ने पारा छोडी हामी संग मिसिएकी छ ऊ ।

कलेजमा खेल सप्ताह चलिरहँदा काठमाडौँबाट मन बहलाउन गोर्खा तिर हानिएका हामी तीन सङ्गी । दुई दिनको मात्रै छुट्टि बोकेर सक्दो पैदलयात्राको मज्जा लिन आएका । लोकल बसमा बाटाभरी भविष्यका योजना र रमाइला विषयमा गफिँदै गोरखा बजार पुग्दा अपरान्ह १२ः३० भयो । हिन्दी फिल्म ुदिल चाह ता हेुमा तीन नायक स्पोर्टस कारमा गोवा घुम्न गए जस्तै हामी पनि दैनिक जीबनमा थोरै बदलाब ल्याउन हिँडेका थियौँ । ती तीन ठिटा र हामीमा निकै भिन्नता थियो होला । तर उनीहरु जस्तै उच्च कोटीको सम्पन्नतामा भ्रमण गरेको कल्पनै गर्नुमा त के जान्थ्यो र

भोलि बिहानै हामीलाई मनकामना सम्मको पैदल यात्रा गर्नु छ । आजै गारखाका मुख्य ठाउँ घुम्ने योजनाले बजारको मुटुमै रहेको गोरखा सङ्ग्राहलयमा पस्यौँ हामी । अरे ! यहाँ छिर्दा त ठ्याक्कै पाटन पुगे जस्तो । अर्थात् यो सङ्ग्राहलयले त उही पाटन सङ्ग्राहलयको झझल्को दिँदोरहेछ । बीच आगँनमा थरी थरी फुल गमलामा सजाइएका । भित्र उतिबेला राजाहरुले प्रयोग गरेका माना पाथी हातहतियार देखि लिएर पृथ्वीनारायण शाहको ५२ हाते चीना सम्म सजाईएको । विद्यार्थी छिर्न पाँच रुपैँया र फोटो खिच्न चाहानेले क्यामेराको लागि थप पच्चिस तिर्नु पर्ने नियम रहेछ । सङ्ग्राहलय परिसरमै रहेको पार्कले पिकनिक आउनेलाई थप रमाइलो दिन्छ । । झण्डै एक घण्टा यहाँ बिताएर हामी लाग्यो माथिल्लो थुम्कोमा रहेको गोरखा दरबारमा ।

नौ वर्ष पहिले यहाँ आउँदाको दरबार चढ्ने ती ढुङ्गे सिँडि उस्तै थिए । गोरखा दरबार पनि उस्तै छ । तर सबैभन्दा ठुलो परिवर्तन देशको राजनीतिक माहोलमा भयो । राजतन्त्र हटाएका माओवादी कै नेताहरुले राजाको पुख्र्यौली दरबारमा पृथ्वीनारायण शाहको पोष्टर माथि ुसंघिय लोकतान्त्रिक गणतन्त्र नेपालु भनेर लेखिएको ठुलो साईनबोर्ड राखेका छन् । जुन केही वर्ष अघिसम्म ठुला राजनीतिक विश्लेषकको पनि अनुमान बाहिरको कुरा थियो । गोरखाका तीनवटै क्षेत्रमा माओवादीले गएको चुनाबमा आफ्नो पकड जमाएको छ ।

DSC05523
माथिको थुम्कोमा पुगेर तल बजार हेर्दा मैले साथी सुजनलाई सम्झँ । एउटै वर्ष बाह्र पास गरेका साथी हामी । प्राय कलेजबाट फकिँदा सगैँ बसमा हुन्थ्याँै । ती क्षणहरुमा उसले आफ्नो गृहजिल्ला गोरखाको खुबै कुरा सुनाउँदै भन्थ्यो’ गोरखा गयौ भने मेरो घर जान नभुल्नु नि ु डाक्टर बन्ने उद्देश्य लिएर हिँडेको उसको नाम मैले दुईवर्ष अघि पत्रिकामा मन्त्रालयबाट डाक्टरी छात्रबृत्ति पाउने लिष्टमा हेरेको थिएँ । ओहो ! अहिले कहाँ होला उ भेट नभएको पनि चार वर्ष पुग्न आँट्यो । आशा छ डाक्टर बनि सक्दा त भेटिएला कि


दरबारका एतिहासिक महत्व बोकेका बस्तुहरुको वर्णन सुनाउँदै थिए एक सैनिक जवान । उनै मिजासिला युवकले हौसाए पछि हामी दरबारको पुर्वमा पर्ने त्यो ढुङ्गे डाँडामा गयौँ जहाँ सीताको दुई पाइले चिन्ह छ । त्यहाँको चिसो सिरेटोले हामीलाई पुरै तरङ्गित बनायो । एकछिन सुस्ताएर मैले भनेँ ुभविष्यमा कुनै बेला फेरी आउनुपर्छ यो उचाईमा ।ु साथी रुबिनाले मेरो आशय बुझ्न सोधिहालिन् ुको सँंगु ुआ-आफ्नो जोडी सँगु मैले असजिलो मान्दै तत्काल उत्तर फर्काएँ । हामी भविष्य सम्झेर गलललल हास्यौँ । यस्तै हसिमजाक गर्दै बजार झर्दै थियौँ । हुन त अरुको झगडाको विषयमा चासो दिनु ठिक हुँदैन । तर हामीलाई त्यो झगडाको निउ दरो हाँसोको विषय बन्यो । एकजना महिला पुरै मातेर अर्को पुरुषलाई ुमेरो घरमा छानो छैन तैँले आफ्नो घरमा जस्ता हाल्ने ु भनि गाली गर्दै थिइन् । वाह क्या झगडाको विषय !

यस्तैमा अघिल्लो रात त्यहीँ बिताएर भोलिपल्ट सबेरै हामी मनकामना तिर लाग्यौँ । झण्डै दुईकिलोमिटर कालोपत्रे बाटो बसमा यात्रा गरेपछि पुगिने बिरेनचोकबाट पैदल यात्रा सुरु भयो । प्राय बिरलै मानिस हिँड्ने यो बाटोबाट मनकामना पुग्ने यात्रु औँलामै गन्न सकिन्छन् । बिरेनचोकबाट तलको फाँटमा पुग्न त्यो घुमाउरो धुलौटे बाटोमा हामीलाई ठ्याक्कै एक घण्टा लाग्यो । पुरै जङ्गलको बाटोमा हामी मात्रै यात्री थियौँ । कुनै बेला हुलका हुल बाँदर आउँदा हामी सर्तक हुन्थ्यौँ । पछि थाहा भयो यो बाटो भन्दा विरेनचोक अगावै आउने लक्ष्मी बजारबाट त्यो नाके बाटो हुदैँ तल बेसी झर्न निकै छिटो हुदाँेरहेछ ।

अब मनकामना सम्म पुग्न हामीले पुरै ठाडो उकालो मात्रै हिड्नुपथ्र्यो । हामी तीनै यो यात्राका लागि नयाँ भएकाले हाम्रा गाईड भरिया र पदयात्री स्वयं आफैँ थियौँ । बीचबीचमा कहीँ भेटिएका बटुवालाई सोध्दै खोज्दै हामी गैरीगाँउ रुपाथोक हुदैँ मैदान पुग्यौँ । यहाँ आईपुग्दा हामीले करिब आदि बाटो नाघिसकेका थियौँ । हिडिँरहदा फाट्टफुट्ट सफा गरी लिपपोत गरिएका चिटिक्कका घरहरु देखियो । माथि डाँडामा एकछिन सुस्ताउन बस्दा त थुमुक्क परेको जस्तैजस्ता टल्किएको घरहरु झुरुप्प । सुन्तलाको सिजन नभए पनि बाटै भरी सुन्तला घारी र त्यसको मिठो बासनाले यात्रामा आनन्द थप्यो । बसन्त ऋतु सुरु भए लगत्तै रुखहरुमा नयाँ पालुवाले कति चाँडै आफ्ना स्थान जमाइहालेका । कतैकतै नासपातिका बोट कोइरालाको रुखमा फुलेका सेता फुल र सुन्तलाको बाक्लै घारी देखेपनि मध्य सिजन भएको लालीगुराँस भने जङ्गल भरी नै हामीले देखेनौँ । यसपटकको खडेरीले किसान देखि ब्यापारी सबैलाई मारमा पारेछ ।

बीचमा भेटिने चौतारामा गाँउको काचन पानी पिउँदै माथिल्लो उचाईमा पुग्दा भने खिन्न भयौँ हामी । तुँवालोले परको दृश्यलाई निकै धमिल्याएको छ । दिन छ्याङ्ग हुने हो भने यो उचाईबाट अरु सबै फुच्चे लाग्ने डाँडाहरु कति हेरिरहनु जस्ता हुँदाहुन् आज यही कारण पनि हाम्रा क्यामेराले निकै बिश्राम पाएका छन् ।

हामी सुस्ताउन के एकछिन त्यो पीपलको छहारीमा बसेका थियौ । डोकै भरी गुराँस बोकेकी दिदी हाम्रै अगाडीबाट मन्दिर परिसर तिर लागिन् । आहा ! दिन भरी थकाई मारेका हाम्रा क्यामेरा उनकै डोको तिर तेसर्िए। फटाफट हिँडिरहेकी दिदीको बेगमा हतारिँदै मैले सोधेँ ुडाडैँभरी फुलेको देखिदैँन कहाँबाट ल्याउनु भयो यति धेरै फुलु ुपल्ल्ााे डाँडोबाटु बेगलाई नघटाइकनै उनी बोलिन् ुयसपाली पानी नपरेर फुल पाउन साह्रै मुस्किल छु ।

ुयतिका फुल बेच्दा कति कमाई हुन्छ नि ु

ुके हुनु रु दुइवटा डोका र झोलाको फुल देखाउँदै उनले भनिन् ुयतिको जम्मा सय डोकोको तीस तीस र झोलाको बीसबीस ।ु कठै ! बिहान पाँच बजे घरबाट हिँडेकी उनी दिउँसो एकबजे आइपुग्दा जम्मा सय रुपैँया आम्दानी । त्यही पनि धेरै हो यो । त्यतिका फुल दुइकोष परको डाँडाबाट कसले बटुलेर ल्याउन सक्नु । डोकै भरी सजिएको फुलले हामीलाई लोभ्यायो । फुल किन्न कुरा उठाएको त उनले डोको बिसाएर ुलौ लिनुस् एक थुङगा फूलु भन्दै हामीलाई तीन थुङगा उपहार दिइन् । उपहारस्वरुप पाएको यो फूल जतन गरि घर पुर् याउनु छ हामीले ।

धन्यबाद † हाम्रो बोली सुन्न नभ्याई पहिलाकै गतिमा उनी अघि बढिन् ।

बिहान देखिको भोको पेट वीचबीचमा चाउचाउ मात्रै खाएको । मन्दिरको दर्शन गरेर चाँडै बाटो लाग्नु पनि त छ । मन्दिरपरिसरमा देखिएको २०÷२५ जनाको लाईनले हामीलाई आजै घरफर्कन थप हौसायो । दर्शन पछि खाना खाईवरी केबलकारको मुनिमुनि को बाटोमा पैदल यात्रामा लाग्यौँ । बिहानको बाटोको तुलनामा यो बाटो निकै उराठ लाग्दो छ । भर्खरैको दालभातले जीउ नै आलस्य बनाएको छ । जीउको भार पुरै पैतालाले थेगेको छ । अघिल्ला डाँडाहरुमा हरियालीले हामीलाई हिड्ने उर्जा दियो । यो बाटोमा उजाड बाटोले हाम्रो चाललाई निकै सुस्त बनायो । सँगै हिड्ने र बात मार्ने जाँगर समेत बाकिँ रहेन । त्यसैले त होला स्थानीय मानिसले तोकेको गोरखा देखि मनकामना सम्मको ६ घण्टे बाटो हामीले पाँच घण्टामा काट्यौँ भने मनकामनाबाट सोझै झर्ने कुरिनटारसम्मको डेढ घण्टे बाटोलाई ठ्याक्कै तीन घण्टा लगायौँ । केबलकारलाई कहिले तल कहिले माथि त कहिले दाँया बायाँ पार्दै त्यो पत्करे ओरालोमा सुकेका पातपतिङ्गर सुम्सुमाउँदै कुरिनटार पुगियो । बाटाभरी सङ्गी के सोच्दै थिए कुन्नि । म चाहिँ अघि मनकामना अगावै भेटिएका ती नीलो स्कुले ड्रेसमा सजिएका केटाकेटी सम्झिएर हास्दैँ थिएँ ।

भर्खरै परिक्षा दिएर फर्केका उनीहरु पिपलको छहारीमा सुस्ताइरहेका थिए । उनीहरुको अनुहारमा देखिएको बिछट्टैको खुसीले लाग्थ्यो आज उनीहरुको अन्तिम परिक्षा । शिक्षक पनि आइहाले विद्यार्थी भए नजिक । ‘कस्तो भयो त परिक्षा ु उनले सोधे । राम्रो भयो सर विद्यार्थीले एकै स्वरमा उत्तर दिए । ल भन त खच्चडको कतिवटा सिङ हुन्छ । एउटाले सरलाई जिस्काउने लवजमा भन्यो ‘एउटा… सरु। बाकिँ रहेका अरुले भने ‘हैन ब्यारे सर खच्चडको त सिङै हुँदैन ।’


सबैजना हाँसे । हामीले पनि साथ दियौं । कस्ता चम्मु केटाकेटा । यो उमेरमा हामी शिक्षकसँग खुबै डराउँथ्यौ । त्यस्तो जवाफ कहाँ फर्काउन सक्थ्यौं र सायद शिक्षक-बिद्यार्थी बिच अहिले जस्तो सामिप्यता थिएन त्यतिबेला ।

हेर्दाहेर्दै विद्यार्थीलाई अघिअघि लगाएर हँसिला शिक्षक आफ्नो बाटो लागे । स्कुले दिन मस्तिष्क भरी छरपष्टै आए । ओहो ! अब जति नै प्यारो भए पनि ती दिन फर्कनन् सम्झनाको संग्राहलयमा रहेका ती यादले सम्झि ल्याउँदा आनन्द मात्रै दिन्छन् ।

DSC05528

Advertisements

One thought on “गोरखा हुँदै कुरिनटार

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )