युवाले देखेका ट्राफिक समस्या

यो रिपोर्ट मैले नागरिकको लागि लेखेको थिएँ । पहिला जस्तो आजकाल न्यूज रिपोर्ट पुर्याउन कायार्लय मै जादिँन सम्भवत त्यसैले पनि हुनसक्छ यो छापिएन । रिपाेटर् अाफैँमा फितलाे पनि छ । मेरो मिहिनेत त त्यस्तै हो यसमा अन्तर्वाता दिनेहरूलाइ चाहिँ नराम्रो लाग्नु स्वाभाविक नै हो । के गर्नु मेरो बसको कुरा भएन । मेरो आफ्नै बसको कुरा भनेको, कतै नछापिए पनि म आफै सम्पादक हुनपाएको यस ब्लगमा त छाप्न सक्छु नि । जाँचको हतारिएको मनस्थितिमा लेखिएको रिपोर्ट,,


बढीजसो कलेजका विद्यार्थी लाईसन्स चेकिङमा पर्छन्

केटा र केटीलाई चेकिङ गर्दा केटीलाई बढी अनावश्यक प्रश्न गरिन्छ

पैसा र नातावादकै भरमा ट्राफिक चिट नकाटिकनै सवारीधनीलाई छोडिदिन्छन्

काठमाडौं जेठ २४- कमलपोखरी हुँदै डिल्लीबजार स्थित कलेज जाँदा द्रोणाशिष न्यौपाने दैनिकजसो लाईसन्स चेकिङमा पर्छन् । हालै नयाँ होन्डा स्टनर किनेपछि त झन् बढी चेकिङ्मा पर्न थालेका छन् उनी । ुआफूसंग लाईसन्स नभए पो डराउनु चेकिङ गरेको कतिको मनपर्छ भन्ने प्रश्नमा उनले भने ुट्राफिक प्रहरी आजकाल सकि्रय रुपमा चेकिङ गर्न थालेको त मनपर्छ तर ’em आफैँमा पनि खराबी छ ।ु ुकति केटाहरु लाईसन्स नहुँदा पैसा दिएर उम्किन खोज्छन् ु उनले थपेु अपबाद बाहेक ट्राफिक प्रहरी त्यसलाई सहर्ष स्वीकार्छन् ।ु ट्राफिक प्रतिको यस्तो आरोपमा जोरपाटीका प्रहरी सन्त राम लामा भन्छन् ुहामीले माग्ने होईन धेरैजस्तो केटाहरु आफैँ हातमा पैसा थमाउँदै दाई उता गए झन्झटिलो हुन्छ यतै कुरा मिलाउँ न भन्छन् ।ु उनको आफ्नै अनुभवमा पनि त्यसता थुप्रै युवा छन् । कतिपय त आफू फलानोको नातेदार हुँ भन्दै पनि उम्कन खोज्छन् । तर ’emलाई त्यसै छोड्न भन्दा जरिवाना तिराएर उनी नियमअनुसारको प्रकृया अगाडि बढाउँछन् ।



दुईपाङ्ग्रे साधन चलाउने प्राय सबै विद्यार्थी गुनाँसो गर्छन्-हामी भर्खरका युवा भएकैले अन्य बयस्क भन्दा बढी चेकिङमा पर्छौ । शुक्रबार ट्राफिक प्रहरी कार्यालय कमलपोखरीको निर्देशनमा झण्डै दशजना प्रहरी डिल्लीबजारमा लाईसन्स र बिलबुक चेकिङमा खटिएका थिए । यसमा धेरै भर्खरका युवा विद्यार्थी नै परे । त्यहीँ खटिएका ट्राफिक प्रहरीले भने ुआजकाल फेसनेबल देखाउन विशेष प्लस टुका केटाहरु बाईकको सक उचाल्ने लुकिङ ग्लास फेर्ने ह्यान्डल छोटो पार्ने साधनको पार्टपुर्जा फेर्ने काम गर्छन् जसले गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ त्यसैले हामी उनीहरुमा बढी केन्द्रित भएर चेकिङ गर्छौ ।ु विशेष चेक हुने बाईकमा केटाहरुले हाल रुचाउने पलसर अपाचे होन्डा स्टनर पर्नेगर्छन् ।

सधैँजसो चेकिङमा पर्ने रेडियो नेपालकी समाचार वाचिका श्वेता बानिँया त्यसदिन पनि डिल्लीबजारमा चेकिङमा परिहालिन् । उनको स्कुटी पेप्टमा केटाहरुको जस्तो पार्टपुर्जा फेरेर वा त्यसमा बदलाभ ल्याएर फेसनेबल देखिन मिल्दैन । तैपनि सधैँ चेकिङमा किन पर्छिन् त जवाफमा उनले भनिन् ुचेकिङ गरेको त ठीक हो तर ट्राफिकले लाईसन्सको बहानामा अनावश्यक प्रश्न गरेको मनपर्दैन ।ु ुकहिलेकाहीँ एकैदिन धेरै चेकिङमा परिन्छ जामबाट बल्लबल्ल उम्किन लाग्दा टाफि्रकले फेरी लाईसन्स मागेर अलमलाउन थाल्छन्ु उनले थपिन्ुकहाँ जानु छ र कहाँ कतिमा पढ्छौ बसाइँ कहाँ हो जस्तो अनावश्यक प्रश्न गरी लाईसन्स र बिलबुकको फोटोमा एकटक भएर हेरीरहन्छन् ।ु

उता सातदोबाटोमा खटिएका नाम खुलाउन नचाहने ट्राफिक प्रहरीले केटीहरुलाई चेकिङ गर्दा अनावश्यक प्रश्न बढी गरिन्छ भन्छन् भन्ने प्रश्नमा मुस्कुराउँदै भने ुरोकि जति सकेपछि अलिअलि उसको ’boutमा त जसलाई पनि सोधिहालिन्छ नि ।ु अलि धरमराउँदै स्कुटर चलाउने केटीहरु र तीब्रगतिमा बाईक ल्याउने भर्खरका केटाहरुलाई उनी बढी चेक गर्छन् ।

प्लसटु पढ्दै देखि स्कुटर चलाउँदै आएकी बिए तेस्रो वर्षकी सिमा थापा भने अहिलेसम्म थुप्रैपटक पुरुष ट्राफिकको चेकिङमा परेपनि हालसम्म महिला ट्राफिक चेकिङमा नपरेको बताउँछिन् । कुपण्डोलको पुस्तकालयमा जाँदा त्यहाँका महिला ट्राफिकले थुप्रैपटक द्रोणाशिपको लाइसन्स चेकिङ गरेपनि तीन वर्षदेखि त्यहीबाटो हिँड्दा स्वेता र सीमा कहिल्यै चेकिङमा परेका छैनन् । उनीहरुको बुझाई छ-महिलाले महिलालाई कहिल्यै चेक गर्दैनन् । ट्राफिक प्रहरीको गुनाँसो गर्दै सीमाले भनिन्ुमेरो एकजना महिला साथी एक वर्ष देखि लाईसन्स बिनै स्कुटर चलाउँदै आएकी छ थुप्रैपटक चेकिङमा पनि परी तर मख्ख परेर हाँसी दिएपछि उसलाई प्राय प्रहरीले कारबाही बिनै छोडिदिन्छन् ।ु सडकमा ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी भने युवाले गुनाँसो गर्ने यस्तो विषयमा यो उनीहरुको एकतर्फी बुझाई भएको जानकारी दिँदै आफू सधैँ ट्राफिक नियममा गम्भीर भएको बताउँछन् ।

Advertisements

4 thoughts on “युवाले देखेका ट्राफिक समस्या

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )