फुलचोकीमा फुल्यो जमुना

नयाँ वर्षको पहिलो दिन फुलचोकीमा गरेको लघुयात्रा अनुभव

विहान निद्रादेवीको तन्द्राबाट छुटेर घरको आँगनमा आँखा मिच्दै आङ् तान्दा फुलचोकीको दर्शन पाइँन्छ । त्यो अग्लो र विशाल डाँडाको टुप्पोमा टावर देख्दा सियो ठडिएको भान हुन्छ । संयोगैले आज त्यही टुप्पोमा पुग्ने अवसर मिलेको छ नयाँ वर्षको दिन त्यो पनि हाईकिङ् गर्दै । गोदावरीको सौन्दर्यमा बेलुकी फर्कने आशा सहित उकालो चढ्दै छु बाटामा भेटिएका नयाँ मान्छे जो कसै संग मित्रता गाँस्दै । उद्देश्य छ नयाँ वर्षको पहिलो दिन उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडामा पुगेर वर्ष भरको थकाई मार्ने ।

गोदावरीबाट अलि माथि लाग्दै गर्दा भेटिएका छन् सतुङ्गलका स्थानीय नेवार युवती । मेरो जस्तै उनीहरुको पनि यो पहिलोपटक हो लघुायात्रा अनुभव । ुनयाँ वर्षको दिन नयाँ ठाउँ घुम्ने तर टाढा होइनु भन्दै आफ्नै घर मास्तिरको उकालो रोजे यी युवतीले । हिँड्ने बानी नभएकाले अलि मुस्किल भएको छ कुर्ता सलवार र थोरै हिल भएको जुत्ता लगाएका प्लस टुका उनीहरुलाई ।

ुअरुदिन मानिसै हिँड्दैनन आज नयाँ वर्ष भएकाले मात्रै यति देखिएकाु काभ्रेको बिहाबरमा भएका दिदी भिनाजुलाई हरिसिद्दि देखि आफ्नो विवाहको निम्ता दिन हिँडेका युवकले भने । उक्लँदै जादु जंगल निकै घनाह छ र बिरलै मान्छे हिड्ने भएकाले भेटिएका दोबाटोमा मानिस छलिन्छन् । घाम मास्तिर आउँदै गर्दा रुखको सेपिलोमा ओसिएका पातपतिङ्गर माथि टेक्दै हिँडन पाउनु छुट्टै मज्जा थियो । गाडी गुड्ने बाटो पनि छिनछिनमा भेटिन्छन् । धुले सडक किनारको छेउछाउ मोटरसाईकलको ओझेल पारेर प्रेममा मग्न भएका छन् जोडीहरु । दुई पाङ्ग्रे र चार पाङ्ग्रे माथि टुप्पो सम्म पुर् याउन त्यति सजिलो बाटो नभएकाले धेरैले आफ्नो साधन तलै थन्काएर हाईकिङमा उत्रेका छन् । बलजफतीले लान खोज्ने केहीका बाटाको तिखो ढुङ्गा र नागबेलि उकालोले टायर पन्चट भएर निल्नु न ओकल्नुको अवस्थामा पनि देखियो । हाँस्न हुदैँन तर हासोँ यस्तै बेला उठ्छ ।



tamang didi
कति गमक्कको हाँसो तामाङ्नी दिदीको

बाटै भरी बस्ती नभएकाले साना पसल र पानी धाराहरु पाउन मुस्किलै हुँदोरहेछ । झण्डै आधाआधी बाटो काटेपछि त्यो धुलौटे घुम्तीमा भेटिए तामाङ दम्पती । उनीहरु यसरी वर्षको दुईपटक यहाँ देखापर्छन् । दशैँको नवमी र नयाँ वर्षको दिन । साथमा छ अलिअलि पसले सामान र विशेष मकै र चामलको झोल । उनले कति रहर लाग्दो तरिकाले फ्यान्टाको बोतलबाट मकैको झोल खनाईन् भने मैले आफ्नो क्यामेरा त्यता नसोझाई बस्नै सकिन । त्यो देखेर उनले टाउको सम्म ओढेको पच्छ्यौरी घाँटी सम्म ल्याईन् । आफ्ना ग्राहकलाई एक गिलास मकैको झोल र भटमासको अचार दिएको बीस रुपैया पैसा पटुकाको फेरमा कसेको थैलो भित्र हालिन् । मैले सोधेँ ुदिदी कमाई त मज्जाले भएछ ु । मुस्कुराउँदै ठुली माया तामाङ् बोलिन् ुयहि कमाईका लागि बुढाबुढी एक हप्ता देखि लाग्या छौं ।ु दुईवटा ग्यालिन र जम्बो फ्यान्टाको बोटलमा ल्याएको छ्याङ र स्टीलको थालमा राखेको भटमासको अचार मध्यान्हमै सकिन लाग्यो । ुपोहोर साल भन्दा यो पटक झन् दुई ग्यालिन बढी ल्याएकोु उनले भनिन्ु आफूलाई के पत्तो मान्छेको लर्को यति हुन्छ भनेर ।ु

Thuli maya tamang
मकैको झोल खनाउँ खनाउँ

हामी माथि उक्लिँदा उनले भनिन् ुफर्किदा रह्यो भने चाखेर मात्रै जानु होला ।ु कहिल्यै नचाखेको भए पनि उनको त्यो मिजासिलो रवाफलाई नाई कसरी भन्न सक्थेँ र म हाँस्दै बाटो लागेँ ।

खै कुनबेला देखि कहिले अघि कहिले पछि भएका भाई संग बोल्न खोज्दै छु । भित्र रातो टिसर्ट बाहिर चेक सर्ट र टाउकोमा क्याप लगाएका किशोर आफैँ नजिक आए । एकछिन अलमलिएर उनले भनेु दिदी तपाइर्ँले अघि देखि आफ्नो नखिचेर किन नचिनेको मान्छेको मात्रै फोटो खिचेको ।ु उनी कुनबेला देखि मलाई नियालिरहेका थिए मैले पत्तै पाइन । तर उनले भने मैले उनको फोटो खिच्न लागेको कति चाँडै पत्ता पाए । दुई सर्लक्क मिलेका आखीँभुईको बीचमा पालिसको रातो टिका दुबै कानमा निलो यूँ भएको टप र जुँगाको रेखी नबसेको कलिलो अनुहार । ओहो उसको फोटो कसरी नखिचुँ म अचम्म र निकै रमाईलो मान्दै थिएँ ।

हाम्रो गफको लहड चल्दै थियो माथि डाँडाबाट मादलको तालमा मच्चिएको स्वर आयो ुफुल्यो जमुना यो नयाँ सालैको शुभकामनाु यो गीतको रौनकले हामीलाई यति तान्यो कि थकाई लाग्दा पनि हाम्रा हिँडाइको बेग बढ्यो । त्यही हतारोमा मैले त्यो किशोरको फोटो खिच्न खोजे तर आफ्नो झुकेको क्यापलाई अझै झुकाएर उ लजाउँदै अर्को पट्टि फर्कियो । पन्ध्र वर्षिय लेले गाँउको उमेश सिलवाल त्यसरी लजाउँदा जिन्सको सट्टा घाँघर भएको भए अझै कति सुहाउँथ्यो होला । मैले मनमनै गमेँ ।

Niure Kholaka mahilaDSC05863(2)
घीन ताङ घीन ताङ मादल है बज्यो

हामी त्यो दोहोरी समुहको छेउमै पुग्दा बनेपा देखि भ्रमणमै आएका एउटा टोली गाउँदै छन्-

तिमी काँको म काँको काँको
फोटो खिच मिलनलाई भेट भाको

उतापट्टि मादलका साथमा बसेका रयालेका महिलाले दोहोरी यसरी मिलाए

तिमी काँको म न्युरे खोलाको
लाईदिउँ माया भनेर बोलाको


यो लहर सकिँदा नसकिँदै कम्मरमा हसिँया गलामा नौगेढी तिलहरी र साचोँ पहिरेकी अधबैसेँ डिलकुमारीले डिलमै बसेर त्यसको जवाफ यसरी फर्काइन् ।

तिमी हामी लाँउ माया गमेर
पोखरीको पानी झैँ जमेर


फुलचोकी घुम्नका लागि गएका सबै समुह हामी जस्तै यही दोहोरीमा मग्न थिए । संयोग पनि कस्तो एउटा बनेपाको समुह अनि अर्को त्यहँीँ फुलचोकी तलको न्युरे खोलाको । एउटा समुह भ्रमणमा आएका अर्का समुह बेलुकी गाईबस्तुलाई घाँस काट्न पोल्टामा च्युरा हालेर आएका । । यी दुई झण्डै दोहोरीमा दुइघन्टा जमे । रमाईलो पक्ष के भने महिलाको दोहोरीमा दुई पुरुष कम्मर मर्काइ मर्काइ मस्तले नाँच्दै छन् । उनीहरुले आफ्ना भाकामा फुलचोकी पर्यटकीय ठाँउको रुपमा विकास हुन नसकेको दुख समेत पोखे ।

Dohori ma ramdai
छड्के हातपारी कम्मर है मर् क्यो नाच्यो झिल्के नाच्यो

अब साच्चैको टुप्पोमा पुग्दा त ओहो । यहाँ भएका विभिन्न टावर देख्दा लाग्यो विहान मैले पठाएको तीस वटा जति नयाँ वर्षको शुभकामना सन्देशका एस।एम।एस यी नभएका भए पुग्नै पाउदैँन थिए । अर्थात् यो डाँडा त साचार जगत्को मरुदण्ड बनेर बसेको रहेछ । दक्षिणमा मकवानपुरे फाँट उत्तरमा उपत्यका र पुर्वमा काभ्रेको हरियाली । जताततै आखाँलाई शितलता दिने ।

आज बैशाख एक गते भएर होला फुलचोकी माईको दर्शन गर्नेको भीड छ । हिजो बेलुकै देखि गोदावरी आसपास र पनौति देखिका मानिसहरु आएर टपरीभरी चामल दियो भरी तेल राखेर जाग्राम बस्दा रहेछन् । मन्दिरले कुनै छहारी सम्म पाएको छैन । सदियौँ देखि जस्तो थियो मन्दिर त्यसतै छ । छेवैमा एउटा सानो बुद्ध स्तुपा छ जहाँ मानिसहरु ध्यानमा मग्न हुन्छन् ।

Fulchowki Mandir
फुलचोकी माईले छत पाउने कहिले होला

एकछिन सम्म त्यो उचाईमा घोत्लिएँ । भित्रभित्रै नमज्जा लागिरहेको थियो उत्तरपट्टिको साइपाल देखि काचनजंगा सम्म एउटै लहरमा भएका हिमश्रृंखला देख्न नपाउँदा । ुधत्तेरी कस्तो धुम्म परेको दिनु मेरो मुखबाट फ्याट्टै निस्कि हाल्यो । नजिकैका सुरक्षाकर्मीले भने ुबाटो होटल र पानीको ब्यवस्था भए त मौसम खुलेको दिन सजिलै आएर पनि हेर्न सकिन्थ्यो ।ु पानी परेर मौसम खुलेको विहानीको सम्झना गर्दै उनले भनेुयहाँबाट देखिने दृश्यको ब्याख्या गर्नै सकिँदैन । त्यो बोध गर्न मानिसले एकपटक आफैँ आएर प्रकृति नियाल्नुपर्छ ।ु नुवाकोट घर भएका पाण्डे थरका उनले सुरक्षाकर्मीको रुपमा खटिएका आफूहरुलाई पानी समेत जोगाएर खानुपर्ने बताए । तल गोदावरीबाट गाडीमा पानी ल्याएपछि त्यसैलाई अर्को ट्याङ्की नआएसम्म जोगाएर खानुपर्छ । सधैँ त्यो टुप्पोमा ड्यूटीमा बस्दा उनीहरुलाई नचिनेकै मानिसको पनि मुख हेर्न मुस्किल पर्छ । न्यास्रो मान्दै उनले भने । यस्तो मनोरम ठाँउको प्रवद्र्धनको सरकारले कुनै चासो नदेखाएकोमा गुनासो पोखे ।

साँच्चै चिसो बतासमा नागबेली झर्दा मनमा कुरा खेलिरह्यो काठमाडौँको ब्यस्त जीबनबाट हप्ताको एकपटक शनिबार छुट्टि चाहनेका लागि कति उपयुक्त छ यो ठाँउ । राजधानीबाट जम्मा दस किलोमिटरमा रहेको गोदावरीबाट हाइकिङ सुरु गरेको चार घन्टामै पुगिन्छ त्यो सुन्दर शान्त ठाँउमा । बेलुकि घर फर्कनै पर्ने उपत्यकाबासीलाई कुनै आईतबार कुर्नुपर्दैन । चाहनेले त्यहीँ बसे पनि भैगयो । तीनघन्टे नागबेलि झरेपछि गोदावरी बनमा आइयो । जताजतै पिकनिकमा रमाईरहेका छन् मानिसहरु । यी मानिस त्यो फुलचोकीको टुप्पोमा पुगेका भए झन् कति रमाउँथे होलान्

Advertisements

2 thoughts on “फुलचोकीमा फुल्यो जमुना

  1. I read this in paper as well…so ahile maile napadi cmmt garya chu hai…hehe
    I remember I sent you message that day when this was publuished in Nagarik….hai….and I showed the writing 2 everyone…at homw as well…see this is my friend…bhanera….hehe

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )