गन्तब्य पशुपित

उपत्यकामा ुमर्निङवाकु को निम्ति उपयुक्त ठाउँ खोज्दै हुनुहुन्छ एकपटक पशुपतिलाई विचार गर्नुस्


ब्रेकर

-पशुपतिको एक फन्को मार्दा साढे तीन किलोमिटर दुरी र त्यो एक दिनको निम्ति पर्याप्त व्यायाम हुने

-गुहेश्वरीदेखि आर्यघाटसम्मको दुई सय ३२ वटा सिँढी छिचोल्नु मुटु र फोक्सोका निम्ति फाइदाजनक

-चराचुरुङ्गीका आवाज वन्यजन्तुका गतिविधि र भजनका धुनहरुले मानशिक तनावलाई राहत

-वातावरणविद्का अनुसार यहाँ हावाको गुणस्तर राम्रो

-दर्शनार्थी बाहेक सबै उमेरका करिब पाँच सयजना दैनिक आउँछन्



विनिता दाहाल

काठमाडौँ – झट्ट हेर्दा विदेशी जस्तो देखिने सुदुरपश्चिमका ६८ वर्षिय लालबहादुर खडायत पशुपति क्षेत्रमा हरेक विहानी एक फन्को मार्छन् । बितेका २५ वर्षदेखि यो उनको नियमित दिनचर्या हो । स्वास्थसँगै आध्यात्मिक विचार पनि जोडिने भएकाले उनी मात्रै होइन उपत्यकाका धेरैको विहानी हिँडाइमा यो स्थान प्राथमिकतामा पर्दै आएको छ । अनुकूल वातावरण र भू-बनौटकै आधारमा पनि यो स्थान प्रातःकालीन घुमफिरका निम्ति उपयुक्त रहेको सम्वन्धित विज्ञ बताउँछन् ।

पशुपतिका दर्शनार्थी बाहेक दैनिक झण्डै पाँच सयजना विहानी हिँडाइका निम्ति यहाँ आउनेगरेको अनुमानित तथ्यांक पशुपति विकास कोषसँग छ । कोषका सदस्य सचिव परमानन्द शाक्यका अनुसार यसरी शारिरिक तन्दुरुस्तीका निम्ति पशुपति आउनेहरुमा चावहिल’roundका मुस्लिम र केहि बौद्ध धर्मावलम्वीहरु पनि नियमित देखिने गरेका छन् ।

शाक्य स्वयं पनि लामो समयदेखि ुमर्निङवाकु गर्दै आएका छन् । ुपहिले चक्रपथमा घुम्ने गर्थेँु उनले भनेुतर सडक किनारका रुख काटिएपछि र धुलो धुँवा बढ्न थालेपछि दश वर्षयता पशुपतिमै आउन थालेको छु ।ु

पशुपति आसपासका मात्रै नभई स्वच्छ हावा र फराकिलो वातावरण भएकै कारण न्युरोड पाटन र भक्तपुरका वासिन्दासमेत गाडीमा तिलगंगा सम्म आउँछन् । त्यहाँबाट नमोबुद्धहँुदै गोरखनाथको मन्दिर परिसरमा योग गरी गुहेश्वरीको सिँढी ओहोर दोहोर गर्दा स्वास्थको दृष्टिकोणबाट निकै फुर्तिलो भएको बताउँछन् न्युरोडका व्यापारी महेश श्रेष्ठ र उनको समूह ।

पशुपति क्षेत्रको बाहिरी हाता पुरै एकपटक फन्को मार्दा साँढे तीन किलोमिटर हिँडिन्छ जसलाई पुरा गर्न फटाफट हिँड्ने मानिसलाई ४० मिनेट लाग्छ । हालै भारतको एक विश्वविद्यालयले गरेको अध्ययन अनुसार स्वस्थ मानिसले विहान ४० मिनेट हिँड्दा उसको दैनिक जीवनमा स्वास्थ समस्या नदेखिने सम्भावना प्रवल हुन्छ । दैनिक सिँढीमा हिँडेर र हिँडाईको वेग बढाएर मानिसले मुटुको धड्कन तेज गर्ने हो भने उसलाई मुटुको रोग लाग्ने सम्भावना ४० प्रतिशतले कम हुने त्यो अध्ययनले देखाएको थियो । मुटु रोग मात्रै होइन विहान हिँड्नाले मानसिक तनाव मोटोपन घटाउन र शारिरिक स्फुर्ति बढाउन निकै लाभदायक हुन्छ । स्वास्थकै लागि अहिले पशुपतिमा १५ देखि ७५ वर्षसम्मका मानिस बिहानी हिँडाईको लागि आउँछन् । प्रायःको हातमा मोटो डेढ हाते लट्ठी देखिन्छ । त्यो चाहिँ हातका औँलाको व्यायाम र मृगस्थली वनमा बाक्लै पाईने बाँदरबाट सुरक्षित रहनको लागि लिएको बताउँछन् डोल्पाका प्रजिअ रामेश्वर मिश्र ।

दुई दशकदेखि शारिरिक व्यायाम गर्दै र गराउँदै आएका बानेश्वर जीम सेन्टरका संस्थापक गम्भीरजङ्ग रायमाझी विहानी सुर्यकिरणमा हुने उर्जाले हावामा भएको अ_िक्सजनको मात्रालाई टुक्राउँने बताउँछन् । ुत्यसले मानिसलाई श्वास प्रश्वासमा मद्दत गर्छ र अ_िक्सजन शरिरको कोषिका सम्म पुग्दा रोगसँग लड्न सक्ने क्षमता बढ्छु उनी थप्छन् ुगुहेश्वरीदेखि माथि गोरखनाथ हुँदै तल आर्यघाटसम्मको सिँढी दुईपटक ओहोर दोहोर गर्दा रक्तसाचारमा सुधार हुनुका साथै वजन घटाउन पनि निकै मद्दत गर्छ ।ु पशुपति क्षेत्रको यो भागमा दुई सय ३२ वटा फराकिलो र अग्लो सिँढी छन् । यो सम्पूर्ण क्षेत्रभर हजारभन्दा बढी यस्ता सिँढी छन् जसमध्ये आधा मात्रै हिँडे पनि मानिसलाई स्वास्थ्यका लागि पर्याप्त हुने उनी सुझाव दिन्छन् । स्वास्थ केन्द्रित एक विदेशी वेबसाईटमा स्वास्थ विशेषज्ञले लेखे अनुसार विहानीको हिँडाईको लत एउटा त्यस्तो दुब्र्यसन हो जसलाई छोड्दा मानिस आफैँलाई घाटा हुन्छ ।

काठमाडौँको जनसङ्ख्या बढ्दै जाँदा आसपासका जंगल क्षेत्र मासिँदै गएको छ । उता वार्षिक दश प्रतिशतले सवारी साधनको आयात हुनु र उपत्यका भित्रै पनि थुप्रै ईंटा भट्टाले प्रदूषण बढाएको छ । यसरी मानिसलाई श्वास प्रश्वासको लागि स्वच्छ हावा पाईने स्थानको कमी हुनथालेको छ ।

वातावरण मन्त्रालयले डेनमार्कको सहयोग निकाय ुडेनिडाुसँग मिलेर गरेको २००७ सम्मको हावाको गुणस्तर अनुगमन सम्बन्धी प्रतिवेदनले देखाए अनुसार पुतलीसडकमा मानिसको स्वास्थलाई असर गर्ने प्रदूषित र मच्छेगाँउमा कम प्रदूषित हावा पाईएको छ ।

काठमाडौं उपत्यकाको छ ठाउँमा स्टेशन खडागरि हावाको गुणस्तर अनुगमन गरिएको उक्त अध्ययनका अनुसार कम सवारी साधन चल्ने र बढी रुख बिरुवा भएको ठाउँमा हावाको गुणस्तर राम्रो हुन्छ । वातावरणविद् भुषण तुलाधर भन्छन् ुपशुपति हाता भित्रै अनुगमन नभए पनि अन्य स्टेशनबाट गरिएको अनुगमनको आधारमा पशुपति क्षेत्रमा रुख विरुवा र सवारी साधन आवागमन नहुनालॆ हावाको गुणस्तर राम्रो छ भन्ने मान्न सकिन्छ ।ु

अहिले योग गर्न विश्वरुप र कैलाश डाँडामा मानिस आउँछन् । विहान यो ठाँउमा पुग्दा बेग्लै माहोल देख्न सकिन्छ । कोही ब्याडमिन्टन खेल्दै हुन्छन् त कोही डोरीमा उपि्रुरहेका । त्यस्तै अलि पर महाबौद्ध छेउछाउ शान्त ठाँउ चाहने मानिस एक्लै ध्यान गरिरहेका हुन्छन् । कलाकार खेलाडी किसान व्यापारी विद्यार्थी सबैको रोजाईको ठाँउ भएको छ पशुपति परिसर । विहान आफूलाई व्यायाम पुगेको महसुस गरी ओह्रालोलाग्दा विभिन्न मानिसको कि्रयाकलाप देख्न सकिन्छ । खडायत भन्छन् ुएउटै ठाँउमा कोही आफ्नै परिवेशमा रमाईरहेका हुन्छन् त त्यहीँपर कोही अन्तिम संस्कारको पीडामा हुन्छ । यसले जीवन बुझाईको अनुभुति गराउँछ ।ु

Advertisements

2 thoughts on “गन्तब्य पशुपित

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )