बिहेबटुलोमा डिजे

mailgooglecom1सोमबार सुहानाको बिहेमा मात्र होइन भोजमा डिजे राख्ने प्रचलन अब आम भएको छ

विनिता दाहाल

काठमाडौं वैशाख १५

रातको नौ बज्नै लाग्यो । वरिपरि रङ्गीचङ्गी बत्ती र सङ्गीतको धुनले सोमबार पाटन गाबहालवासीलाई यसै उभिइरहन दिएको छैन । साना केटाकेटीदेखि वयस्कसम्म सबै नाचिरहेका छन् सङ्गीतको फास्ट ट्र्याकमा । यो कुनै डिस्को होइन र भर्खरका युवायुवती मात्रै नाचिरहेका छैनन् । यहाँ छोरीको बिहे भोज हुँदैछ । बुवा सोहन जोशी छोरी सुहानाको बिहेमा डिजे आकाशले बजाएको ुकजरारे कजरारे तेरे कारे कारे नैनाु मा नाच्दैछन् ।

यहाँ नाच्नलाई कुनै ुस्टेपु जान्नु पर्दैन हात-खुट्टा आफैँ चल्छन् कम्मर आफैँ मर्किन्छ । दुलहीलाई साथीहरुले डान्स फ्लोरमा ल्याएपछि अब भाई र बुवाको साथमा सुहाना स्वयं पनि नाच्न थालिन् ।

सुरुमा भाईले डिजे ल्याउने कुरा गर्दा बुवाले ुत्यसलाईलाई खर्च गर्नुभन्दा दिदीलाई थप एक तोला सुन दिनुपर्छु भनेका थिए । पछि विवाह गर्ने छोरीले नै डिजे त चाहिन्छ भने पछि उनले नाइँ गर्न सकेनन् । अहिले आफैँ सङ्गीतमा झुम्दा चाहिँ कस्तो लाग्दै छ त नाच्दै गरेका बाबुले भने ुसमय अनुसार चल्नै पर् यो । यसरी सबै परिवार र आफन्त बीच खुसियाली साट्दै नाच्न निकै रमाईलो हुँदोरहेछ ।ु

प्रायः सधैं डिस्कोका फ्लोर तताउनॆ डिजेहरु आजभोली पार्टी प्यालेसमा ब्यस्त हुन थालेका छन् । केही महिनायता डिस्को क्लबहरुमा गृहमन्त्रीको आदेशले कडाई पारिए पछि धेरै डिजेको रोजगारी संकटमा परेको थियो । तोकिएको समय भित्रै बन्द गरिसक्नु पर्ने प्रावधानले ब्यापार चौपट भएपछि धेरैले विकल्प खोज्न सुरु गरे । त्यसै बेला सामाजिक जमघटहरुमा समेत माहोल अनुसारको धुनहरु खोजी हुनथालेको थियो । यसरी धेरै डिजेले आम्दानीको नयाँ बाटो फेला पारे- ुबिहेबटुलोमा डिजेइङ ।ु

यता आएर सहरवासीले जुनसुकै शुभकार्य पार्टी प्यालेसमा गर्ने चलन बढाएका छन् । बढ्दो सहरीकरणले घर छेउछाउमै भोज गर्ने पर्याप्त ठाउँ नहुदा पनि यो बाध्यता बनेको छ । त्यसैको परिणाममा पहिला औंलामै गन्न सकिने पार्टी प्यालेसहरु अहिले उपत्यका भित्रै तीनसय भन्दा बढी भईसकेका छन् । ती मध्ये पनि आधाजसोमा ुडिजे टे्रेन्डु भित्रिसकेको छ । केही वर्षअघि उच्च जीवनयापन गर्नेले मात्र पाँचतारेमा भोजभतेर आयोजना गर्ने र त्यसैमा डिजे पनि राख्ने चलन थियो । अहिले सहर केन्द्रित सबै पार्टी प्यालेसमा भोज गर्दा डिजे एकदिनको लागि भाडामा ल्याएर आफन्त बीच नाच्ने र रमाउने चलन बढेको छ ।

होटलमा खानाको भाउ सातसयबाट बढेर अहिले १४ सय सम्म पुग्दा पार्टी प्यालेसहरुमा प्रति प्लेट बढीमा आठसय सम्म पर्छ । डिजेको भाडा भने पार्टी प्यालेस या होटल दुबैले छुट्टै तिर्नुपर्छ । अहिले काठमाडौंमा डिजेको सङ्ख्या दुइसय भन्दा बढी पुगिसकेको छ । कुनै पनि शुभकार्य आयोजना हुने पार्टीप्यालेसमा डिजे मार्फत नाचेर रमाइलो लिने नयाँ शैली विकास भएको छ ।

प्रायः मध्यमवर्गीयको उपस्थिती हुने पार्टी प्यालेसमा छुट्टै खर्च लगाएर भए पनि किन डिजे खोज्न थालिएको हो यो जिज्ञासाको जवाफ सहरकै चर्चित डिजे राजुसँग तयार छ । ुपार्टीको परिवेश अनुसार धुन प्रस्तुत गरेर रमाइलो माहौल बनाइदिनेको खोजी हुनथालेको होु उनी भन्छन् ुलाखौँ खर्च गरेर बिहे गर्नेले पन्ध्र बीस हजारको मुख हेर्दैनन् ।ु

चैतमा केही बिश्राम पाएका डिजेहरु बैशाखबाट बिहेको लगन सुरु भएदेखि नै ब्यस्त हुनथालेका छन् । यो क्रम अब साउनको दोस्रो सातासम्म रहने उनले बताए ।

उता अनमोल पार्टी प्यालेसका ब्यवस्थापक चन्द्र केसी ग्राहककै माँग अनुसार यो नयाँ कुरा आफ्नो व्यावसायमा जोडिएको बताउँछन् । ुमाग अनुसार पार्टी प्यालेसमै ठाउँ छुट्याएर डिस्कोबार बनाउन थालेका छौंु उनले भनेुबिहेको निम्ति प्रायःले बुक गर्न आउदै डिस्को फ्लोर भए नभएको सोध्ने गरेका छन् ।ु

यस्ता पार्टी प्यालेसहरुले ग्राहकको माग अनुसार बेग्ला बेग्लै डिजेको दररेट समेत तोकिदिएका छन् । ुअहिले सामान्य डिजेको लागि पनि साउन्ड सिस्टम र लाईट गरेर एक साँझको कम्तीमा १५ हजार पर्छु डिजे राजु भन्छन्ुस्तर अनुसार त्यो भन्दा माथि जति पनि हुनसक्छ ।ु

अनुभवी मानिएका डिजे राजु स्वयंले चाहिँ कति लिन्छन् ुतीस हजारु उनले भनेुसाउन्ड सिस्टम र लाईटको बेग्लै ।ु

बिहेको माहोलमा रौनक थप्ने यो व्यावसाय आफैंमा कम्ता रमाइलो छैन । ुकतिपय पार्टीमा दुलहादुलही भन्दा आम सहभागीको ध्यान हामी तिरै बढी हुन्छु बोल्दै गर्दा डिजे राजुको अनुहारमा रौनक थपिन्छुनाच्दा नाच्दै उनीहरु हामीसँग नजिकिन थाल्छन् ।ु सामान्यतः बेलुकी आठदेखि १२ बजेसम्म पार्टी प्यालेसमा डिजेले नचाउँछन् । बाहिरी डिस्कोहरु एघारबजे बन्द हुने भए पनि विवाहमा भने राति बाह्र बजेसम्म नाच्छन् मानिसहरु । आफ्ना साथीभाईसँग पिकनिक र अन्य भोजमा रम्नेहरुको आफ्नै परिवारसँग भने यस्तो माहोल कमै बन्छन् । विवाहको पार्टीमा नाच्दा हिन्दी र तीब्र गतिका नेपाली संगीत धेरैले रुचाउने डिजे राजुको अनुभव छ । यसमा आवश्यक परेका बेला हिन्दी र अङ्गे्रजी पनि रिमिक्स गरिन्छ । प्रायः छोराको बिहे पार्टीमा डिजे संगीतमा नाच्ने धेरै हुन्छन् ।

ुबाबुआमा छोराछोरी आफन्त सबै एकै ठाउँमा नाच्दाको रौनक अलिक बेग्लै हुन्छु राजु भन्छन्ुडिस्कोका दृष्यहरुभन्दा एकदमै फरक ।ु

Advertisements

2 thoughts on “बिहेबटुलोमा डिजे

  1. रमाईलो लाग्यो यो जानकारी पढ्दा। पारिवारिक वातावरणमा यसरी सांगितिक माहौल पनि थपिनु धेरै राम्रो हो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )