ओपन थिएटरका नाट्यकर्मी

हो, आज फेरी म तिनै नाट्यकर्मी युवाको कुरा गर्दै छु जो जीवन बुझ्ने धुनमा हिँडेका छन् । बिहान साथीको एसएमएस आयो किन ब्लग अपडेट नगरेको साच्चै आजभोलि न काम छ न फुस्रद । म एउटा साधारण विद्यार्थीले यस्तो भन्दा साच्चै सुहाउँदैन तर यथार्थ यही नै भएको छ ।

त म आज ओपन थिएटरको कुरा गर्दै छु । यो पटक उनीहरुले जीवन आफ्ना लागि बुझेनन् । प्रयास गरे सर्वसाधारणलाई थिएटरकै माध्यमबाट समाजका बिकृति बिसङ्गतिका ’bout जागरुक गराउन । आफू मात्रै नाटकका पात्र पनि बनेनन् आगन्तुकलाई समेत बनाए जहाँ पात्र आफूपनि बनेको ओपन थिएटरका नयाँ पात्रलाई पत्तै भएन जो दर्शक र कलाकार स्वयं भएका थिए ।

नाटक यसरी सुरु भयो । ६ जना जति युवाहरुले योजना गरे समाजमा भएको भ्रष्टाचारको बिरोधमा आवाज उठाउने र जनसमुदाय बीच जनचेतना फैलाउने । गर्ने कसरी त उनीहरुले योजना बनाए सार्वजनिक यातायातमा यात्रुलाई थाहा नहुने गरी यात्रु नै बनेर उनीहरुलाई आफ्नो नाटकमा समावेश गराएर । त उनीहरु मध्य पहिलो युवा चढे कोटेश्वरबाट बालुवाटार सम्म पुग्ने नेपाल यातायातमा । उनी यात्रु बीच माहोल मिलाउँदै छन् । बानेश्वरमा चढे दोस्रो पात्र सुमन दाई । कोटेश्वरमा चढेका यात्रुले आफू संगैको सिटमा बसेकी महिला झरेपछि अब सुमन दाईलाई त्यहाँ बस्न सुझाए किनकी उनलाई निहु खोज्नु छ ।

सुमन दाईले आफ्नो कर्म सुरु गरे । साथीको अनुरोध अस्वीकार गरेर । साथीले भने ुआउ न यहाँ बस ।ु सुमन दाईले अनुहारमा मननपरेको भाव ल्याउदैँ भने ुहैन म बस्दिन ।ु साथीले पुन आग्रह गर्दै किन भनी सोधे । यस्तै दोहोरो प्रश्न र प्रतिप्रश्न भई नै रह्यो । बसका यात्रुको ध्यान बिस्तारै यता खिचिँदै छ । नाटकका वास्तविक पात्रको आशय पनि यात्रुलाई सहभागि बनाएर ओपन थिएटरको उद्देश्य पुरा गर्नु हो । भनाभन चर्किएपछि सुमन दाईले साथीको प्रश्नको जवाफ दिँदै भने ुतँ भ्रष्टाचारिको छोरा होस् त्यसैले म तँ संग बस्दिन ।ु साथी निन्याउरो हुदैँ भने ुयदि त्यही हो भने हिजोअस्ति सम्म त म संगै हिड्थिस् त ।ु सुमन दाईले जवाफ फर्काए हिजो अस्तिसम्म मलाई तेरो बाउ भ्रष्टाचारी हो भन्ने थाहा नै थिएन ।ु

अन्य यात्रु अब झन् जिज्ञाशु भए उ कुन चाहिँ भ्रष्टाचारीको छोरा हो र उसको बाउले कति राष्ट्रको सम्पत्ति भ्रष्टाचार गरेको छ । नाट्यकर्मीले पहिलै एउटा सत्य भ्रष्टाचारीको नाम छनौटमा राखिसकेका थिए । अब अनामनगर पुग्दा अरु दुई नाट्य युवा प्रवेश गरे बसमा । उनीहरुको मुख्य काम चाहिँ बसमा चढ्ने नयाँ यात्रुलाई स्थितिको ताजा सुचना दिनु । यसरी माहोल बन्दै छ बसभित्रै झगडाको । पुतलिसडक सम्म पुग्दा भ्रष्टाचारीको छोरा सुमन दाई र बसका यात्रु बीच चर्काचर्की बहस सुरु भईसकेको छ । थाहा नपाउँदा सम्म तेरो बाइृक पनि चढेँ रेस्टुरेन्टमा पुगेर टन्न तेरै पैसामा खाएँ पनि तर अब भने तँ संग हिड्दिन ’cause तरो बाउको यस्तै कदमले हामी युवाको यस्तो बिरक्तिको जीबन भएको छ । यहाँसम्म बसका यात्री पनि निकै आवेशमा आईसकेका छन् ।

उनीहरु पनि राजनीतिक अस्थिरताको दोष यस्तै भ्रष्टाचारीलाई दिँदै ती युवालाई मनलागे जति गाली गर्दै छन् । यसरी त्यो बहसले यस्तो रुप लियो कि बसका यात्रु भ्रष्टाचारीले देशमा पुर् याएको असर’bout बोल्दै ती युवालाई बसबाट निकालेरै छाडे । यही बीचमै अन्य दुई युवाले पनि आफ्नो भुमिका नजानिँदो पाराले खेलिसकेका छन् । भ्रष्टाचारीको छोरोको अभिनय गरेका ती युवा आफ्नो अभिनय सफल भएको ठान्दै बसबाट झरे । यसरी एकएक गर्दै साच्चैको अभिनयमा खटिएका युवा बसबाट बाहिरिए । उनीहरु भेला भए एकै ठाँउमा । उनीहरुको अभिनय र त्यस वीच आएका माहोलको चर्चा सुनाउँदा नाट्य गुरु सुनिल पोखरेल निकै खुसी भए ।

यसरी उनीहरुलाई लाग्यो ओपन थिएटरको माध्यमबाट की मानिस बोल्न नचाहे पनि या अबसर नमिले पनि यस्ता अन्यायको बिरोध गर्ने गर्छन् । यो माध्यम उनीहरुलाई साच्चैको प्रभावकारी लाग्यो । केही नभए पनि झण्डै तीस जना यात्रुले यो ओपन थिएटरमा अप्रत्यक्ष र अन्जानमै सहभागि भए । ती नाट्यकर्मी बिस्वस्त छन् की यी यात्रुले यो घटनाको ’boutमा आफ्ना परिवार या सहकर्मी संग गर्ने छन् ।

यसरी ती सकि्रय युवाले हामीलाई ओपन थिएटरको विषय र त्यसको प्रभावकारीताको कुरा गरे त्यही ठमेलको वातानुकुलित भवनमा । ’emले भनेको र गरेको प्रभावले नै आज म यो पोष्ट लेख्दै छु । तर यो पोष्ट लेख्दा म त्यति नै असन्तुष्ट पनि छु किनकी उनीहरुले जुन भावमा यी घटना हामीलाई सुनाएका थिए त्यो भाव मैले शब्दमा अभिब्यक्त गर्न सकिन । यसले ती युवाको नाट्य कौशलमाथि पक्कै अन्याय भएको महसुस गर्दै छु ।

अर्को कुरा के पनि भने म यो जसरी फटाफट दिमागमा आएको कुरा लेखिरहेको छु त्यसलाई एकपटक दोहोर् याएर समेत हेरेको छैन । त्यसलाई यतिकै पोष्ट गर्दा भाषागत त्रुटि पनि उत्तिकै हुने छ । मेरो अल्छीपन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )