जीबन बुझ्न हिँडेका युवा


कुरा करिब डेढ महिना अघिको हो । ठमेलको वातानुकुलित हलमा रेडियो नाटक विषयक तीनदिने कार्यशालामा उपस्थित भएका युवा सभासद् र रेडियाकर्मीको कुरा दिमागमा घुमिरहेको छ । आज तीनै मध्यका केही युवाको ’boutमा लेख्न खोज्दै छु । ती हुन् आरोहण नाट्य समुहका नाट्यकर्मी युवा । भोला सुमन र मणि । कसरी हिँडे त यी युवा जीबन बुझ्न । झण्डै बीस जना जति वरीपरि बसेका छौँ हामी श्रोता । पहिला मणिले शुरु गरे आफ्नो अनुभव ।

उनले बुझे बाटोमा बस्ने ज्योतिषिको जीबन टुडिखेलमा बसेर । कति चुनौतिपुर्ण थियो होला त एक सामान्य युवाले अर्काको भविष्य भनिदिनुपर्ने । उनी बसे पुरै ज्योतिषिको भेषमा । छेउमा राखे एक सहयोगी । गाँउबाट भर्खरै झरेजस्ता लाग्ने आमा छोरा सामुन्ने अघि आएर हात देखाउन लागे । लौ ! अब के भन्ने उनको दाँतबाट पसिना आउन थाल्यो रे । हात लगलग काम्न थाल्यो । ती आमैले पहिलै सोधिछन् तपाईँको हात किन यस्तो कामेको ज्योतिषिको सहयोगीले भनिदिएछन् । गुरुको हात यस्तै हुन्छ भविष्यबाणी गर्दा । आमैले सोधिछन्ुलौ भन्नुस् त मेरा कति सन्तान होलान् ु गुरुले संगैको सानो छोरालाई हेरी अनुमान गरेछन् । सन्तान पाँचवटा ती मध्य पनि तपाईको साथमा सधैँ यही सानो छोरो हुन्छ । आमै मख्ख परिछन । उता आमैको अनुहार पढेर अनुमान सही भएको पत्ता लगाए पछि ज्योतिष बनेका मणि दाई निकै हौसिए । उनमा सास आयो ।
अरु अनुमानकै भरमा भने । जेनतेन मिल्यो नमिलेका अनुमानमा उनले तर्क दिँदै ती बृद्धालाई आस्वस्त पारे । यसरी बस्ने मात्रै होइन एकदिनको कमाई पनि गर्नु थियो । उनीहरुलाई यो सबै गृहकार्य गर्न दिईएको थियो गुरुकुलबाट सुनिल पोखरेलले ।

अरु युवा पनि आए ती बृद्धा पछि । मणिदाईले अनुहारमा त्यो बेलाको सबै भाव एकैपटक ल्याएर भने । यी युवाको भविष्य मिलेन भने अब के गरुँ त्यसतैमा उनीहरुले कस्तो गर्दैछन् भनेर हेर्न पुगे नाट्य गुरु सुनिल पोखरेल । उनी आफैँ जाच्न हात तेस्र्याएर अघि बसे । कस्तो रमाइलो गुरुको जीबनको इतिबृत्तान्त थाहा छ मणि दाईलाई । एकएक गर्दै भकाभक भन्न थाले । सुनिल पोखरेलले आगन्तुक भए जस्तै गरी मिलेको बताए । अब मणि दाईलाई लाईन लागे मानिस हुलका हुल । यसरी दिनभरीमा १८० कमाए उनले । अब अर्को चुनौति थियो उनको । ज्योतिषि बनेर महाबौद्धमा गई बफ मःम खानुपर्ने । उनलाई ज्योतिषिको भेषमा रुद्राक्ष लगाएर त्यो नन भेज होटलमा गएर खान निकै आत्माले मानेन । उनी त्यो १८० बोकेर कोठा तिर लागे । अनुहार भरी बिछट्टैको खुसी ल्याएर मणि दाईले भने मैले कमाएको सबैभन्दा मिठो पारिश्रमिक । मैले आफ्नो जेबमा राखेँ । त्यो पैसा म कहिल्यै खर्च गर्ने छैन ।

अब पालो भोला र सुमन दाईको । उनीहरु खटिए भरियाको जीबन बुझ्न । सुमन दाइले त्यो दिन जति भरिया कहिल्यै देखेनन् रे । किन त भन्दा उनले भने ुमैले भरीया भएर धेरै आम्दानी गर्नु थियो । मैले जताततै आफ्ना प्रतिस्पर्धी मात्रै देखेँ ।ु फेरी उनलाई चुनौति कस्तो थियो भने जति नै गरम भारी बोक्न अह्राए पनि नाई भन्न पाइँदैन थियो । पुतलिसडकमा उनी निस्किए भरियाको भेषमा । उनलाई चिनेका कसैले देख्ला भन्ने पनि ठुलो चिन्ता थियो । नभन्दै डिल्लीबजारको उकालोमा देखिईन् घरभेटीकी छोरी । सुमनदाईलाई के गरुँ कसो गरुँ आछु आछु पर् यो । उनी नजिकैको घडी पसलमा छिरे र एकछिन लामो सास तानेर आफ्नो बाटो लागे ।

अब आयो भरियाको कर्म । एकजना कोठा सर्न तयार भएका दम्पति भरियालाई एकसय दशमा डिल्लीबजार देखि कमलपोखरी सम्म ठुलो दराज बोकेर पुर् याउन आग्रह गर्दै थिए । ती भरियाले मानेनन् एकसय पचासको माग गर्दै । तर मणि दाईलाई चुनौति र अबसर दुबै थियो यो । उनले आँट गरे त्यो दराज कमलपोखरी सम्म पुर् याउने । त्यो बेलाको पीडा अहिले पनि बाकिँ नै छ जस्तो गरी उनले भने ुमेरो ढाड कहाँ बाकि रह्यो र ।ु जेनतेन कमलपोखरी पुर् याएर प्याटप्याटे चप्पल पड्काउँदै उनी अर्को अबसर खोज्न हिँडे । भरियाको हुलमा उनी पनि सुन्न र सुनाउन पसे । त्यही समय उनलाई देखे गाँउका छिमेकीले । अब पर् यो फसाद । उनी आफ्नो आखाँ उनी तिर नपरोस् भन्नका लागि सचेत छन् । तर ती छिमेकी भने आफ्नो ठाँउबाट डेक चल्दैनन् । तर अभिनय जारी रह्यो र त्यो सकिए पछि सुमन दाईले अभिनयको कुराको चुरो खोले ।

अब संगै भरिया बनेर हिँडेका भोला र सुमन दाई भेटिए । पेटमा भोकले मुसा कुदिरहेको थियो । खान जाने कहाँ त दुईजनाको दिनभरीको कमाई २८० भएको थियो । उनीहरुले सोचे यति मिठो पसिनाको कमाई अब कुनै ठुलाठुला बस्ने बेकरीमा पसेर खाजा खाने ।

उनीहरु छिरे बानेश्वरको एक बेकरीमा । पहिला छिर्नै दिन खोज्दै छैनन् त्यहाँका गार्ड । सुमन दाईले झनक्क रिसाउँदै सोधे यो खोने ठाँउ होइन । लुत्रुक्क परेर गार्डले हो भने । अनि छिरे दुई भरिया होटलमा खानको लागि । उनीहरुले मार्बल बिछ्याएको त्यो चिल्लो टेबलमा मैलो नाम्लो राखे । वेटर छेउमा आएर त्यो नाम्लो हटाउन खोज्दै छन् । भरिया पनि के कम त्यो त्यहीँ राख्न खोज्दै छन् । उनीहरुले बेकरीमा बजिरहेको अङ्ग्रेजी धुन हटाएर नेपाली लोक गीत बजाउन रिसेप्सनमा अनुरोध गरे । पहिला नमाने पनि पछि त्यही नेपाली लोक गीत बजाए । पल्लो सिटमा छन् नाट्य गुरु सुनिल पोखरेलको समुह । उनीहरु अभिनयको निरिक्षण गर्न बसेका । वेटर आए भरिया नजिक मेन्यु बोकेर । सुमन दाईले भने हामीलाई यो हेर्न आउँदैन त्यो डल्लो डल्लो खाने कुरा लिएर आउ । अर्थात् मम । त्यति मात्रै । भोला दाइले भने त्यो लामो हुन्छ नि हातमा समातेर खाने त्यो पनि ल्याउ । ती वेटरले कति सम्म भनेछन् भने तातोकी चिसो आइसकि्रम । ती भरियाको अभिनय गरेका युवालाई ठुलै तोड पर् यो वेटरको त्यो गिराईले । तर उनीहरु संगै भित्रभित्र मख्ख पर्दै छन् किनकी उताबसेका सुनिल पोखरेलले ज्वलन्त अभिनयको स्वाद पाएका छन् । १८० उठेको पैसा तिर्न उनीहरुले एक दुईका सिक्का र बढिमा दस रुपैँया राखेर पुर् याए अनि तिरे ।

बेकरीबाट निस्कँदा सुनिल पोखरेलको समुह अघि अघि र भरीयाको समुह पछि पछि भयो । बाहिर बसेको पालेले सुनिलको समुहलाई सलाम गर् यो । भरियालाई भने कुनै झुकाव देखाएन । सुमनले भोलालाई सोधे ुयसले हामीलाई किन सलाम नगरेको ु ुपैसा नदिएकोलेु भोलाले जवाफ फर्काए । अनि सुमनले भोलाको खल्तीबाट पाँच रुपैँया झिक्न लगाएर त्यो पालेलाई दिए र सलाम ठोक्न लगाए । पाले आज्ञाकारी चेलो बन्यो ।

उनीहरुको जीबन बुझ्ने यी अभिनयका प्रसङ्गले हामी श्रोतालाई मौन भएर सुन्न बाध्य बनाएको छ । बेलाबेला हामी खित्का छोडेर हास्छौँ । तर उनीहरुले जीबन बुझ्दा मानिसले मानिसलाई गर्ने ब्यबहारको राम्रो शिक्षा पाए । त्यो शिक्षा उनीहरुका लागि मात्रै हैन मजाकको रुपमा लिईरहेको मलाई निकै सोच्न बाध्य बनाएको छ । आखिर हामी आफ्रैँ पनि मानिसको लवाई र बाहिरी आवरणमै सिमित रहेर मानिसको मुल्याङ्कन गर्छौँ र त्यसै प्रकारको ब्यवहार गछौर्ँ ।

ती युवाले हामीलाई यति मात्रै सुनाएनन् । ओपन थियटरको ’boutमा पनि भने । तर त्यस’bout म पछिल्लो पोष्टमा लेख्नेछु ।

Advertisements

5 thoughts on “जीबन बुझ्न हिँडेका युवा

  1. “सानालाई माया अनी ठुलालाई सम्मान” भन्ने उक्ती अली गलत छ
    ठाउँ अनुसार साना ठुला सबैलाई माया अनी सम्मान दुबै नै दिनुपर्ने हुन्छ भन्ने कुरा सबैको दिमागमा पुराउनु पर्छ
    गलत बिचार भएकाहरुलाई त के गर्न सकिन्छ र ? के भन्न सकिन्छ र ?

    अनी लेखन साहित्य को जहाँ सम्म कुरा छ – असल पाठकले कल्पना गर्न सक्छ; सिनेमा जस्तो गरी चित्र दौडन्छ दिमागमा पढ्दै जाँदा
    सही लेखन को लागि धन्यवाद

  2. यति राम्रो पोष्ट को लागि धेरै धेरै धन्यवाद ! सायद, यसरी जिवन बुझ्न सकिन्छ होला ।

    तर धेरै नै हाँसियो है, लेखाइ पनि सलल बगेको छ, अनि म प्रत्येक लाइन पढ्दै हाँस्दैछु, फेरि एकपटक धन्यवाद !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )