यातायात भाडामा मनपरी

संकटमा परेका यात्रुलाई जजसले जतिजति ठगे पनि हुन्छ भन्न सोच कहिले हट्ला?

गोरखा दरबारबाट मनकामना माईको दर्शन गरेर कुरिनटार आउन पुरै आठघन्टे पैदल यात्रा गर्नुपर्‍यो। कुरिनटारसम्म आउदाँ झन्डै साँझको साडे पाँच बज्न लागेको थियो। केबलकार मुनिको बाटो पैदलयात्रा गर्दै लामो झोलुङ्गे पुल तरेर सिँडी चड्दै गरेका तीन युवती देख्ने बितिकै बिश्राममा बसेको मिनिबसले हामीलाई कुर्‍यो। हाम्रो इच्छा पनि जति सक्दो चाँडो घर पुग्नु थियो। पोखराबाट काठमाडौँ जान लागेको मिनिबसका खलासी र कन्डक्टरले हानथाप गर्दै आदिमात्रै सिट भरिएको बसमा हामीलाई चढ्न आग्रह गरे।

मनोमानी दर तोक्ने यस्ता बसमा भाडाको छिनोफानो नगरी चढिहाल्ने हतार गरेनौं। ´अब यो त अन्तिम बस हो, माइक्रो पनि खाली आउँदैन त्यसैले चढिहाल्नु नत्र यतै अलपत्र परिन्छ´ भन्दै थियो खलासी। पहिला पाँचसय भनेको खलासीलाई विद्यार्थी परिचय पत्र भएको जनाउ दिदैँ तीनसय पचास तिर्ने निधो गरी हामी बसमा चढ्यौँ। भाडा दिने बेला चानचुन नभएकोले पाँचसयको नोट दिँदा खलासीले सय मात्र फिर्ता दियो। एकैछिन अघिको कुरा बदलेर खलासी हामीलाई पचास रुपैँया फिर्ता नदिई उल्टै नाना भाँतीका गलफती गर्दै अगाडी ड्राईभर भए नजिक गयो।

कुरिनटार देखि तोकिएकै भाडाबाट विद्यार्थीले पाउने ४५ प्रतिशत छुट गर्दा हामीले जम्मा एकजनाको एकसय तिरे पुग्ने रहेछ। जान्दाजान्दै हामी थप एकसय तिर्न बाध्य भयौँ। दिनभरिको पैदल यात्राले थाकेकाले आफूआफूमा खलासीले सधैँ नै मनलाग्दी भाडा लिने कुराको विरोध गर्दै आयौँ। आखिर, दिनहुँ यसैगरी हामी ठगिएकै हुन्छौँ र सुनुवाइ नहुने गरी आफूआफू विरोध गर्छौ।

मिनीबस आफ्नै सुरमा आउँदा कलंकीमा ठ्याक्कै रातको नौ बजेको झरेका थियौँ। अब कसरी घर जाने? घरैसम्म जाने सार्बजनिक बस नपाइने पक्का भैसकेको थियो। हामी तीन युवती घर जाने मेसो मिलाउन कलंकी चोकैमा उभिएका थियौँ। एक हुल केटा आएर ´बैनीहरु कता जाने´ भन्न थाले। तिनमा कोही ट्याक्सी ड्राइभर पनि थिए। कोही भने हाम्रो उत्तर थाहा पाइसकेर पनि जिस्काउने नियतले दोहोर्‍याई दोहोर्‍याई ´कहाँसम्म जाने रे´ भन्दै थिए। तीनवटी युवती मात्र देखिएकैले छेड हानेको प्रष्टै बुझिन्थ्यो। आखिर समय निकै बितिसकेकोले हामीलाई एउटा न एउटा ट्याक्सी समाएर गन्तव्य त पुग्नु नै थियो। एक जना ट्याक्सी ड्राइभर नजिकै आएर भने ´केटीहरू मात्रै यस्तो राती भइसक्यो ल रेट तोकेरै जाँउ कोटेश्वरसम्म बस्नुस्´ भन्न थाले। तर, सँगैकी साथीलाई बसुन्धरा पुग्नुपर्ने कारणले हामी रिङ्गरोड हुदैँ जानुपर्ने बतायौँ। यो भन्ने बित्तिकै ड्राइभरले ´त्यसो भए मिटरमै जाऊँ´ भन्न थाले।
कतिपय ड्राइभरले मनलाग्दी तरिकाले मिटरमा भाडा बढाउने गरेको यसभन्दा पहिला पनि थाहा पाएकोले त्यस्तो गर्न पाइन्न भने। त्यस्तो नहुने वचन पाएपछि हामी ट्याक्सी चढेर अघि लाग्यौँ। छाउनी नपुग्दै मिटरले एकसय पचास उठायो। हामीले त्यो अनपेक्षित मिटर बढाइको विरोध गर्‍यौँ। तर, उल्टै ड्राइभर हामीसँग झोक्किन थाले। यसरी जान्दाजान्दै आफैँ कसरी ठगिनु? हाम्रो सहमति ट्राफिक प्रहरीलाई यस ’boutमा जानकारी गराउने र छिनोफानो गर्ने भयो? ठूलो भर्‍याङ् आउँदासम्म मिटरमा २५१ रुपैँया चढिसकेको थियो।
त्यहाँ ट्राफिकले हाम्रो सहमतिमा तोकिएको रकम ५५० मा जडिबुटीसम्म पुर्‍याउने गराइदिए। केही भइहाल्यो र ड्राइभरले निहुँ खोजे भने खबर गर्न ट्याक्सी नम्बर बा.१.ज ७४३९ समेत हातमा टिप्न लगाए। उनको त्यस सहयोगले रातको त्यो समयमा निकै धेरै काम गर्‍यो।

त्यसपछिको यात्रामा ड्राइभरले ट्राफिकलाई गरेको अश्लील गाली चुपचाप सुन्नु हाम्रो बाध्यता भयो। सार्वजनिक सबारी साधनमा ड्राइभर र खलासीलाई अश्लील शब्द नबोले खाएकै पच्दैन की क्या हो? अघिसम्म मिटरमा आउँदा त्यति बिस्तारै गुडाएको ट्याक्सी एकाएक बतासिएर हुँइकिन थाल्यो। दुघर्टना पो हुने हो कि भनेर त्राहिमाम हुँदै तोकिएको रकम बुझाएर जडिबुटीमा झर्‍यौँ।

कुरिनटारदेखि तोकिएकै भाडाबाट विद्यार्थीले पाउने ४५ प्रतिशत छुट गर्दा हामीले जम्मा एकजनाको एकसय तिरे पुग्ने रहेछ। जान्दाजान्दै हामी थप एकसय तिर्न बाध्य भयौँ। दिनभरिको पैदल यात्राले थाकेकाले आफूआफूमा खलासीले सधैँ नै मनलाग्दी भाडा लिने कुराको विरोध गर्दै आयौँ। आखिर, दिनहुँ यसैगरी हामी ठगिएकै हुन्छौँ र सुनुवाइ नहुने गरी आफूआफू विरोध गर्छौ।

रातको बेला बढी पैसा तिरेर भए पनि घर सुरक्षित पुग्न पाए हुन्थ्यो भन्ने सबै यात्रुलाई लाग्नु स्वभाविकै हो। तर, यसरी आफ्नो मनलाग्दी भाडा लिने र जहाँ सकिन्छ त्यहाँ ठगिहाल्न खोज्ने प्रवृत्तिले सार्वजनिक यातायातका यात्रु निकै मारमा परेका छन्। सय रुपैयाँ पुगेको पेट्रोलको भाउ अहिले ७७ रुपैँयामा झरिसक्यो तर त्यही बेला एक मिटरको २४ रुपैँया तोकिएको ट्याक्सीको भाडामा भने कुनै परिवर्तन आएको छैन। विशेषगरी आपत् पर्दा चढ्नुपर्ने यस्ता साधनले मानिसलाई सुविधाभन्दा पनि बढी सास्ती दिएको छ। चाहे त्यो राजमार्गमा चल्ने लामो दूरीका यातायात साधन होउन् या राजधानी भित्रैचल्ने छोटो दूरीको सबारी।
रातको बेला त झन् वादविवाद गर्दा आफैँ फसिने हो कि भन्ने शंकै शंकामा यात्रा गर्नुपर्छ। सम्बन्धित निकायले यस विषयमा ठोस नीतिनियम बनाउन र लागू गर्न नसक्दा पनि यात्रुहरू ठगिनुपरेको छ। यसरी मौका पर्ने बित्तिकै ठगिहाल्न खोज्ने चालक वा खलासीलाई कारबाही नभएसम्म यात्रुहरूले चूपचाप सहिरहन बाध्य हुनेछन् भने चालकहरूले मनोमानी गरिनै रहन्छन्। थाहा पाईपाई ठगिएर असुरक्षित र अन्यायपूर्ण यात्रा कतिन्जेल गरिरहनु पर्ने हो?

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )