यी बालबालिकाको भविष्य कस्तो होला?

dsc051041


हिजो सोमबारको दिन करिब ३ः३० तिर बानेश्वर चोक हुदैँ मिनभवन तिर लाग्दै थिए । बानेश्वर चोककैमा पचास जना जति मानिसहरुको घुइचो थियो । मानिसहरु खुब चासो दिएर केही हेर्दै थिए । बाटो हिडिँरहेको बटुवा हिँडिरहँदा स्वत मेरो पनि ध्यान त्यता आकर्षित भयो । त्यता हेर्दा त दुई बालबालिका केही नाटक जस्तो लाग्ने केही कि्रयाकलाप देखाईरहेका थिए । म कसैलाई भेट्न हिँडेको मान्छे यसै पनि दिएको समय भन्दा ढिलो भइनै सकेको थिए । त्यसैले ती बालबालिकाको दुइवटा तस्बीर खिचेँ र आफ्नो बाटो लागे । म हिँड्दा दुई मध्यको ठुलो चाहिँ बालक सानो बालकको घुँडा मुनिबाट एउटा डोरी जस्तो कपडाले बाँधेर आफ्नो घाँटीमा त्यही डोरीको पासो लगाएर हातले नसमाई घाँटीकै सहायताले त्यो बालकलाई बोक्दै थियो । हुन त घाँटीको सहायता पछाडी पट्टि लिएको थियो त्यो बालकले तर पनि मलाई भने त्यो दृश्य निकै असह्य लागेको थियो । जे होस् समय अभावका कारण म त्यहाँबाट छिट्टै नै बाटो लागेँ ।

dsc05111
आफू जसलाई भेट्न गएको थिएँ उहालाई भेटेँ । काम एक किसिमले भन्ने हो भने सफल पनि भयो । म त्यहाँबाट ४ः२० हुदाँ फर्के । मिनभवनमा नेपाल यातायात रोक्ने ठेगान कहाँ नै हुन्छ र त्यो पनि अफिस टाईम तिर त्यसैले म अघिका ती बालबालिका सम्झदैँ बस कुर्नको लागि पनि बानेश्वर तिर नै लागे । म पुग्दा ती बालबालिका आफ्ना कि्रयाकलाप सकाएर दर्शक सँग पैसा माग्दै थिए । पैसा माग्ने उनीहरुको सायद त्यो साहसिक शैलि होला । ठुलो चाहिँ बालक लामो बाँसको टाँडमा उभिएर थालमा पैसा मागिरहेको थियो । सानो चाहिँ भने दाईले जम्मा गरेको पैसा अर्को थैलीमा बटुल्दै थियो । एकछिन उनीहरुको यो काम जारी रह्यो मान्छेको भीँड केही कम हुदैँ गयो । ती मान्छे झण्डै दुइ घण्टा तीनै बालबालिकाको चत्रिकला हेरेर बस्दा बरोजगारी सहजै अनुमान लगाउन सकिन्थ्यो । हेर्ने दर्शक अधिकांश युवा जस्ता लाग्थे । मध्य अफिस आवरमा ती सबै आफ्नो दुई घण्टा समय केमा खर्च गरिरहेका छन् जस्तो लाग्यो । यस्तै सोच्दै थिएँ ती बालबालिका पैसा गनि वरी आफ्ना पोका पुन्तुरा मिलाएर हिड्न आट्दै थिए । ती बालबालिका कहाँका कस्ता पृष्ठभुमीका होलान् भन्ने बुझ्नको लागि म उनीहरुको पिछा लागे । बानेश्वरको बस स्टपमा ती साना बालबालिकाहरु अडिए । दुइजना मात्रै उनीहरु जडिबुटि जाने बस कुदैै्र रहेछन् । उनीहरु आफ्ना अभिभावक सँग जडिबुटिमा कोठामा बस्ने रहेछन् । भारतको कानपुर घर भएका उनीहरु तीन वषै देखि यहाँ बस्दै आएका रहेछन् ।

dsc05112
यहाँ आए देखि नै जेठो चाहिँ दाजुले यस्तो बाटोमा हिड्दै पैसा कमाउन थालेको रहेछ भने सानी बहिनी पहिला मैले भाई सोचेको थिएँ लाई हालसालै लिएर हिँडन थालेको रहेछ । उनीहरुले स्कुलको एकदिनको पनि अनुभव लिएका छैनन् । बाबुआमा आफ्रँले उनीहरुलाइै बिहान खाना खुवाएर यसरी यस्तो काममा पठाउँदा रहेछन् । ती बालबालिकालाई नियालेर हेरेपछि मैले पछि चिनेँ उनीहरु त उहीँ म र मेरो साथी सँग केही महिना अघि जडिबुटिमा बस कुर्दा पैसा माग्ने फुच्चाफुच्ची रहेछन् ।

dsc05115
मलाई उनीहरु यस्तो कामबाट दिनमा कति पैसा कमाउछन् भन्ने कुरा जान्न मन थियो । अघि भर्खर दाजु चाहिँले झण्डै चारसय कमाएको त मैले पनि देखेको थिएँ । उनीहरुको जम्मा आमदानी भएको रहेछ पाँच सय तेइस । अरु दिन पनि तीनसय देखि आठसय सम्म हुने गर्दोरहेछ । यस्तो पैसाको टक बसेका उनीहरुलाई स्कुल किन नै जान मनलाग्थ्यो र छोराछोरीको भविष्य बुझ्नुपर्ने बाबुआमाले त त्यही पैसाको लोभले स्कुल पठाएनन् । यति सोधिसक्दा आफू घरजानु पर्ने बस पनि आयो र त्यहीँ बाहिरै खुट्टा टेकि नसक्नुको बसमा चढेँ । मेरो पछि पछि ती दुई बालबालिका पनि चढ्न खोज्दै थिए तर खलासीले ’emलाई हातमा समातेर लछार्दै तल झार् यो । खलासी भन्दै थियो यी ठग र चोर बालबालिकाहरु । यिनीहरुले कुन बेला कसको सामान र पैसा चोर्छन् ठेगानै हुदैँन । पहिला कुनै आगन्तुकको पैसा चोरीको ’boutमा बताउदैँ घटना बसका सबै यात्रुलाई सुनाउँदै थियो खलासीँ । म सोच्दै थिँए खै यी बालबालिकाको भविष्य कस्तो होला यिनीहरु भविष्यमा के बन्लान् दुई महिनाको फरकमा मैले देख्दा उनीहरु पैसा माग्नेबाट पैसा चोरमा परिणत भएछन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )