यस्तो सजकताको छाप कसले मेटाउने


केही साताअघि काठमाडौँ विश्वविद्यालयको ूएकिकृत विद्यार्थी अभियानू बाट रोल्पा जाँदा मैले स्थानीय वासीहरुको थुप्रै कथा भेटें । बालबालिका अनि युवामा धेरै समस्याहरु देखें । शैक्षिक ज्ञानका हिसाबले कमजोर भएपनि त्यहाँका बाल बालिकाहरु दशक लामो युद्धको त्रासका कारणले होला आगन्तुकहरुसँग बढि नै सजग देखिन्थे ।

झण्डै तीन घण्टाको कठिन बस यात्राका लागि हामीलाई टिलाबाट घर्तीगाउँसम्म बाटो देखाउने त्यहिँको स्थानीय केटो थियो । ऊ सँग कुरा गर्ने इच्छा यात्रा शुरु देखि नै थियो । दहवनका स्थानीय मानिसहरु हामीसँग बोल्न नचाहेको व्यक्तिगत अनुभवको कारण मैले त्यस केटासँग कुरा गर्न खोजें । तर पैदल यात्रा शुरु भएको तीन घण्टा पछि घर्तीगाउँ आउन करिब ४५ मिनेट बाँकी हुँदा मात्र त्यस केटो सँग कुरा गर्ने मौका पाएँ । लगनशील र मिहिनेति केटालाई देख्ने बित्तिकै मेरो दिमागमा प्रश्नको ओइरो आउन थाल्यो । तर डर लाग्थ्यो कतै त्यहि दिन दिउँसो बसमा भेटेको भाइसँग कपि हेर्न माग्दा ून हेरौं हैू भनेर टारे जस्तै यस भाइले पनि टार्ने त हैन ।

उत्तर पाँइदैन कि भन्ने संकोच मनमा हुँदा हुँदै पनि आफ्ना उत्सुकतालाई अरु दबाउन नसकेर सोधेँं ूभाई तिम्रो नाउँ के हो ू ूटोयोङ्चोू उसले जवाफ दियो । हेर्दा सानो देखिए पनि गह्रौ भारी बोकेर हामीभन्दा छिटो िहंडिरहेको थियो । ूभाई कति वर्षको भयौ त ू उसले बढो सहजसँग जवाफ दियो ूसोह्र वर्ष । ू उसको कलिलो अनुहार हेर्दा मलाई पत्याउन गाह्रो भयो । तर त्यति निर्दोष बोली माथि म कसरी शंका गरुँ

टोयोङ्चोलाई सोध्नुभन्दा अघि नै मैले उ माओवादी पार्टीमा लागेको थाहा पाईसकेकी थिएँ । त्यसैकारण उसलाई अर्को प्रश्न गरी हालें ूभाई पार्टीमा लागेको कति भयो ू ूदुई वर्ष भयो । पार्टीमा लाग्दा म १४ वर्षको थिएँ ।ू

मैले आफ्ना प्रश्नहरु रोकिन र सोधें ूत्यसो भए माओवादी पार्टीका ठूला नेताहरु कसैको नाम थाहा छ त ू उसले भन्यो ूकृष्णबहादुर महरा र प्रचण्डको नाउँ मात्र थाहा छ । झन् कृष्णबहादुर महरालाई त दाङ्गमा भाषण िदंदा प्रत्यक्ष देखेको पनि छु ।ू ूकाठमाडौं गएको छौ कि छैनौ ू मैले अर्को प्रश्न गरिहालें । ूछैन दाङ्ग त पार्टीको दाइहरुको पछि लागेर गएको । काठमाडौं जान त आर्थिक अवस्था कमजोर छ ।ू मैले प्रश्न गर्दा नगर्दै उसले कुरा थप्यो ूटिलामा तीन घण्टाको फिल्म हेर्नलाई हामी बच्चालाई १० रुपैयाँ लिन्छ पैसा नभएर अहिलेसम्म मैले टि।भी कस्तो हुन्छ देखेको छैन । साहुले पैसा नदेखाई कोठा भित्र छिर्न त िदंदैन ।ू

हाम्रो देशको रोल्पा जस्तो विकट गाउँमा अझै पनि धेरै मानिस छन् जसलाई टि।भी कस्तो हुन्छ थाहा छैन । उसका यस्ता उत्तरहरुले मेरो मन कता कता कुडिन्थ्यो । टोयोङ्चोसँग मलाई अझ धेरै प्रश्न गर्न मन थियो । हाम्रो िहंडाईको वेग पनि निकै धेरै थियो । साथीहरु हामीभन्दा निकै पछि थिए । उत्तरले मलाई थप प्रश्नहरु गर्न उत्साहित बनाईरहेको थियो । ूभाई तिमी स्कूल जान्छौ कि जाँदैनौ ू ूअँहँ जाँदिन ।ू उसको यो उत्तरले मलाई उसको पारिवारिक अवस्था’bout जान्न मन लाग्यो र सोधें ूघरमा को को हुनुहुन्छ त ू ूबुवा मात्रू उसले भन्यो । मैले तत्काल सोधें ूअनि आमा ू ूआमा त अर्कैसँग जानुभयो । बुवा रोगी हुनुभएकोले धेरै रिसाउनु हुन्थ्यो अनि आमालाई पिट्नु हुन्थ्यो । त्यहि पिटाई सहन नसकेर पहिला आमा माइत जानुभयो । हामी लिन पनि गयौं तर आउन मान्नु भएन । पछि थाहा पायौं उहु अर्कैसँग जानुभएछ । अहिले त्यहि भएर घरमा बुवा मात्र हुनुहुन्छ । दाइ दश वर्ष अगाडि पैसा कमाउन इण्डिया जानुभयो । अबको वर्ष पैसा लिएर आउनुहुनछ रे । अस्ति पुषमा चिठ्ठी पठाउनु भएको थियो ।ू उसले मेरो एउा मात्र पत्रको यति धेरै उत्तर दियो । केहि छिन पछि मैले फेरि सोधें ूतिम्रो बुवा के काम गर्नुहुन्छ खेती हो ू उसले भन्यो होईन सिकर्मी काम गर्नुहुन्छ । खेती पनि धेरै छनै । रोगी हुनुभएकोले अर्को बिहे पनि गर्नुभएन । मैले फेरि प्रश्न गरें उहाँको हेरचाह कसले गर्छ त म पार्टीमा आएपछि अहिले उहाँको हेरचाह काकाले गर्नुहुन्छ । घरमा बुवालाई दुई छाक टार्न धौ धौ छ । त्यसैले पार्टीमा लागें । ुदिनभरी भारी बोक्छु पार्टीलाई सघाउँछु अनि बिहान बेलुका टन्न खान्छु । सुत्ने बेला पार्टीको दाइहरुको कुरा सुन्छु रमाइलो लाग्छ ।ू

बीच बीचमा उसका उत्तरहरुले म घोत्लिइरहेको बेला उसले भन्थ्यो दिदी यस्तो अप्ठ्यारो बाटो धेरै िहंड्नु भाुछैन होला राम्रोसँग िहंड्नुस् अध्यारो भइसक्यो लड्नु होला । तब म झसङ्ग भएर उसलाई अरु थप प्रश्न गर्न तिर लाग्थें अनि भाई भविष्यमा के गर्छौ त उसले गर्वका साथ भन्यो ूउचाइ पुग्यो भने जनमुक्ति सेना बनेर पार्टी र देशको रक्ष गर्छु । उचाइ पुगेन भने भारी बोकेर पार्टीलाई सघाउँछु ।ू मलाई अचम्म लाग्यो सोह्र वर्षको उमेरमा उसले देशको रक्षा गर्ने सोच बनाइसक्यो । त्यहिबेला मलाई एउटा उखान याद आयो कुमलकोटीको गुँड भित्र छिरेपछि माकुरा पनि कुमलकोटी नै बन्छ ।

उसलाई अरु थप प्रश्न भ्याउँदा नभ्याउँदै पछाडिबाट साथीहरुले मलाई बोलाएको आवाजले म झस्किएँ । अध्याँरो निकै भएकोले साथीहरु टर्च लाइटको साहाराले हामीभन्दा पछाडि आउँदै थिए । मलाई एक मन त रिस पनि उठ्यो यो सोचेर कि टोयोङ्चोसँग कुरा गर्ने मेरो धोकोलाई साथीहरुले पुरा हुन दिएनन् । एकजना साथीले भन्यो ूके हो आफ्नै शुरमा आएपछि त त्यत्रो बोलाएको पनि नसुन्ने ू मलाई उत्तर दिन जरुरी लागेन । यसै सिलसिलामा हामी घर्तीगाउँको सहकारी होटलमा बास बस्न पुग्यौं । त्यसपछि भने टोयोङ्चोसँग भेट भएन । तर ऊ सँगका कुरालाई एकोहोरो भएर सोचिरहन्थें ।

भोलिपल्ट घोर्नेटीको नमुना हस्पिटलमा हामी १७ जना मध्येको एकजना साथीले टोयोङ्चोको कुरा निकाल्यो । मेरो साथीले घर्तीगाउँको सहकारी हाटलको दिदीसँग टोयोङ्चोको ’boutमा सोधेको रहेछ । टोयोङ्चोको नाम सुन्ने बित्तिकै म आफ्नो साथीको कुरा सुन्न उत्सुक भएँ । तर उसको कुराले मलाई चकित बनायो । मैले आफूसँग गएको साथीको कुरा विश्वास गर्न नै सकिन । त्यसैले टोयोङ्चोलाई चिन्ने अर्को १०÷१२ वर्षको भाई जसकुमार बुढामगरलाई सोधें । अनि प्रष्ट भएँ कि टोयोङ्चोले मसँग धेरै कुरा झठो भनेको रहेछ ।

टोयोङ्चोका बुवा माओवादी पार्टीमा दुई वर्ष अगाडि शहिद हुनुभएको रहेछ । ऊ मात्र आमा बावुको एक्लो सन्तान रहेछ । बुवा शहिद हुनुभएपछि उसकी आमा अर्कै मान्छेसँग जानुभएको रहेछ । अब बाँच्नका लागि आफन्तहरु कोहि नभएपछि माओवादी पार्टीले नै सहयोगका लागि उसलाई लगेको रहछ ।

अब म आफैं माथि प्रतिप्रश्न गर्छु किन टोयोङ्चोले मसँग कतिपय झुठ कुरा गर्यो उसको हामी नौलो मानिस प्रतिको आन्तरिक सजकतालाई के मान्ने हाम्रै देशमा भएको दश वर्षा लामो द्धन्दको प्रत्यक्ष असर हैन यो त रोल्पा जिल्लाको एउटा कथा हो । यस्ता कथा दशक लामो द्धन्दबाट प्रभावित नेपालका विकट जिल्लाहरुमा अरु धेरै छन् । देशमा द्धन्द सकिएर शान्ति आयो भनेर हामी शहरिया भनाउँदाहरु मख्ख पछौर्ं । तर द्धन्दकै कारण भोलि देश हाँक्ने युवाको मनस्थितिमा परेको नकारात्मक छाप र सोचलाई अब कसले हटाउँछ देाहोरो मारमा परेका जनताहरुको मनस्थितिमा भएको विद्रोही र द्धन्दात्मक भावनाको जरो उखेल्ने तागत कसको छ सम्बन्धित पक्षले यसका लागि समयमै सोच्नुपर्ने हैन र या यस्ता झुठा खेती गर्ने मनस्थितिलाई वास्ता नगरी छाड्ने हो भने अर्को भयानक विद्रोह अबका केही वर्षमा नआउला भन्न सकिन्छ र

याे लेख पहिलाे पटक राेल्पा जाँदा लेिखएकाे हाे र पछिल्लाे पटक राेल्पा भर्मण पछि लेखेकाे लेख भने यहाँ छ ।


ुफेरिएको रोल्पेली आशाु



डेढ वर्ष अघि कोठमाडौ विश्वविद्यालयको एकिकृत विद्यार्थी अभियान मार्फत् रोल्पा जाँदा स्थानीय गाँउलेहरुबाट द्धन्दको समय उनीहरुले भोगेका थुपै्र कथाहरु सुनेको थिएँ । माओवादी सहितको अन्तरिम सरकार गठन भएको समयमा त्यहाँका मानिस सँग भविष्य प्रतिको आशाको ’boutमा जिज्ञाशा राखेको थिए । आफ्नो बाह्र वर्ष देखिको निरन्तर संघर्ष नेपालमा गणतन्त्र घोषणा नभए सम्मको लागि थियो । उनीहरु गर्भका साथ भन्थे अब हाम्रो संघर्षले निकास पाएको छ । त्यतिखेरको मस्तिष्कमा त्यहाँका कलिला बालबालिकाले ६÷७ वर्षको उमेर मै जनमुक्ति सेना बनेर आफ्नो बाबुआमालाई शहिद बनाउनेको बदला लिन्छु भन्ने विद्रोही भावनाले निकै नै प्रभाव पारेको थियो । रोल्पा भनेर कसैले उच्चारण गर्ने वित्तिकै मेरो सोचाईमा तीनै निर्दोस अनुहारहरु घुम्ने गर्छ जो भविष्यमा जनमुक्ति सेना बनेर पार्टी र देशको रक्षा गर्ने बताउँथे ।

यसपटक शैक्षिक प्रयोजनको लागि रोल्पा जिल्ला जाने निधो भएको थाहा पाउने वित्तिकै मेरो दिमागमा पहिलै तीनै बालबालिकाको परिवर्तित मानसिकता हेर्ने मौका मिल्ने कुरामा आशावादी भएँ । बाह्र वर्षको दन्द सकिएर पहिलोपटक आयोजना गरिएको जलजला महोत्सव हेरी सकेर थवाङ्गको ठुलो गाँउ छिर्ने वित्तिकै तीनै परिचित अनुहार देखेर एककिसिमको आत्मीयता पलाएर आयो । पोहोर साल रोल्पाबाट फर्किदा लागेको थिएन की यही ठाँउ फेरी फर्किएला र तीनै परिचित अनुहार फेरी देख्न पाईएला भनेर । माओवादीको राजधानी भनेर चिनिने एतिहासिक गाँउ थवाङ्ग प्रवेश गर्ने वित्तिकै उही प्रत्येक घरको छानोमा राखिएको पार्टीको झण्डा र घरका भित्तामा राखिएका नाराले यो गाँउमा छिर्दा अर्कै किसिमको अनुभुत गराँउछ ।

यसपटकको भ्रमणमा मैले स्थानीय गाँउलेमा खुसि र उमङ्गको भाव देखेँ । साथै परिवर्तनमा आफ्नो संघर्षले ठुलै भुमिका खेलेको गर्वको भाव पनि देखे र आफ्नो दशकौको निरन्तर संघर्ष पश्चात अब बन्ने सरकारले आफ्ना संघर्षको परिपुर्ति गर्नुपर्ने माग राखेको देखेँ । मैले भेटेर कुरा गरेका यी सबै गाँउलेहरु आफुले दिएको मत खेर नगएको र आफूले चाहेकै ब्यक्ति सभासद् भएकामा औधी खुसी देखिन्थे । राजधानीबाट दुरदराजमा रहेको आफ्नो ठाँउमा आगामी दिनमा ठुलै परिवर्तन भएर भौतिक पुर्वाधारहरुको विकास हुनेमा पनि ठुलै आशा बोकेका छन् । दुवै पक्षबाट युद जारी रहदाँ हजारौ जनमुक्ति सेनालाई एउटै खलोमा खाना खुवाएको ताजा सम्झना भएकी थवाङ्गको सहकारी होटलकी सुवानी आमा देखि बाकेँ देखि महोत्सब हेर्न आएका प्रहरी जवान सम्म सबैको आशा अबको नयाँ नेपाल विकासका हिसाबमा शहर केन्द्रित मात्र नभई गाँउ केन्द्रित पनि होस् भन्ने छ ।

यी त भए गाँउलेमा मैले देखेका सकारात्मक परिवर्तन र उनीहरुमा भएको गर्भको आभास । तर ती कलिला नानीको आखामा भने उही बिद्रोही भावना थियो । जनवादी स्कुलका विद्यार्थीहरु बढी अनुसासित छन् यो कुरामा कुनै विवाद छैन । तर उनीहरुका लागि छुटै ब्यवस्था गरिएको पाठ्य सामग्रीले ’emको कलिलो मस्तिष्कमा कस्तो प्रभाव पार्ला उनीहरु सहरीया बालबालिकाले भनेको जस्तो डाक्टर ईन्जिनियर बन्ने कुरा बताउदैनन् । उनीहरु अबोधपनामा साहसिता झल्काउदैँ भन्छन् ुम जनमुक्ति सेना बनेर आफ्नो बुवालाई मार्नेको बदला लिन्छु ।ु उनीहरुको निद्रोस आखामा प्रस्टै संग बदलाको भावना देखिन्छ । शहिद स्मृति जन नमुना विद्यालयका शिक्षक भन्छन् ुयहाँ पढ्ने कति विद्यार्थीले त आफ्नै अगाडी आफ्नो वुवा आमाको हत्या गरेको देखेका छन् ।ु यस्तो शिक्षाले उनीहरुलाई कुनै नकारात्मक प्रभाव नपर्ला त भविष्यमा भन्दा उनी भन्छन् यस्तो शिक्षा हामीले पाउन सकेको भए आज सबै नेपाली रोजगारीको लागि भौतारिनु पर्ने थिएन । यो यस्तो वैज्ञानिक र ब्यवहारिक शिक्षा दिईन्छ जसले यी बालबालिकालाई सिर्जनात्मक र रचनात्मक बनाउन मद्दत गर्नेछ । कक्षा तीन पढ्ने सपना रोकामगर ९ लाई अघिल्लो पटक आउँदा के बन्छौँ भन्दा उसले म जनमुक्ति सेना बन्छु भनर जवाफ दिएकी थिई । अनि यो पटक मैले त्यही प्रश्नमा कस्तो उत्तर पाँउछु होला भनेर सोध्दा उसले मलाई झन् मलाई नै प्रतिप्रश्न गरि मेरो बुवाले केही नगर्दा पनि किन मेरो वुवालाई मारेको त जे भए पनि मलाई लाग्यो यो निरन्तरको प्रतिस्पर्धी भावनामा लगाम लागोस् ।

शहिद जननमुना िवधालय

शहिद जननमुना िवधालय




हवाई फायरिङ्ग बाट कसरी बच्नुपर्छ भन्ने कुरा उनीहरुलाई थाहा थियो एक प्रदिप भन्ने विद्यार्थी एकपटक टनेल भित्र लुकेर आफैँ ज्यान बचाएका छन् । बालबालिकाहरु आकासमा हेलिकप्टर आएको देखेर तस्रन्थे अनि बच्नको लागि कुनै ओडार भित्र पस्ने गर्दथे । उनीहरुमा प्रतिशोधको भावना विकसित भईसकेको छ । सधै समुहमा नै बसेकाले होला यी बालबालिकामा ुमु भन्दा ुहामीु भन्ने भावना छ । थुप्रै आर्थिक अझै भन्नुपर्दा मानवीय क्षति भएको छ । धेरै महिलाहरुको सिन्दुर पुछिएको छ भने थुप्रै बालबालिकाहरु टुहुरा भएका छन् ।

अाफ्रनाे बाबु मानेर्काे बदला िलन चाहाने नानीहरू

अाफ्रनाे बाबु मानेर्काे बदला िलन चाहाने नानीहरू




देशले नयाँ आशा प्रत्येक नेपाली मुहारमा छरिरहेका बेला यी कलिला मस्तिष्कमा पनि त्यो कालो र कठोर यर्थाथबाट हटाएर उनीहरुको आशामा पनि नयाँ जीबन प्रतिको लगाबमा नयाँ भरोसा प्रधान गरोस् ।

देश अब संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा भईसके पछि अब बन्ने नयाँ सरकारले शहरी क्षेत्रलाई मात्र आफ्नो ध्यानाकर्षणमा नपारी दुरदराजका यी जिल्लालाई पनि प्राथमिकता दिनुपर्छ । किनकी अब बन्ने नयाँ सरकारले बुझ्नुपर्छ की यो पटक संसारै अचम्मीत हुने गरी जनताले नयाँ संविधान चाहेका सम्पूर्ण क्षेत्र र जनताको समानता हेर्नको लागि हो ।

Advertisements

2 thoughts on “यस्तो सजकताको छाप कसले मेटाउने

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )