सार्वजनिक यातायातकाे लापरवाही


जेठको पहिलो साता शैक्षिक प्रयोजनको लागि रोल्पाको विभिन्न गाँउ घुम्ने मौका मिलेको थियो । डेढ वर्ष अघि एकिकृत विद्यार्थी अभियान मार्फत् रोल्पा जाँदा बाटो निर्माणाधीन भएकाले जिल्लाकै ब्यापारिक केन्द्र शुलिचौर सम्म पैदलयात्रा नै गरेका थियाँै । अहिले भने फुलिवाङ्ग सम्म जीप चल्ने बाटोको निर्माण भएको रहेछ । पन्ध्र गते औपचारिक रुपमा गाडी गुडाउने कार्यक्रम राखिएको भए पनि परिक्षण काल हुदैँ चौध गते हामीले फुलिवाङ्ग देखि शुलिचौर सम्म करिब तीन घण्टाको जीपयात्रा गर् यौँ । साँगुरो बाटो देखेर केही डर लागेको भए पनि बाटो त्यति खतरनाक भने थिएन । यता जेठ १५ गते संविधान सभाको पहिलो बैठक बसि देशमा गणतन्त्रको घोषणाको तयारी भइरहेको रेडियो नेपाल मार्फत थवाङ्गको बसाईमा खुब सुनेका थियौँ । यहि कारण पनि सकेसम्म काठमाडौँ छिटो पुगौ भन्ने मनस्थिति सबै साथीको थियो । रोल्पाको सदरमुकाम लिवाङ्गबाट आएको गाडीलाई शुलिचौरमा दिँउसो दुई बजे समाति हामी काठमाडौँ आउने भयौँ । असजिलो सिटमा जेनतेन सबै साथीहरु मिलेर बस्यौँ । करिब ६ बजे तिर भालुवाङ्ग आइपुगेको बस डिजेल खोज्न भनेर तीन घण्टा यतिकै अलमलियो । भालुवाङ्ग आएपछि नै मोबाईलको नेटवर्क टिपेकोले साथीहरु घरतिर आँउदैछौ भन्ने खबर परिवारलाई गराउँदैमा ब्यस्त थियौँ ।

भोलि गणतन्त्र घोषणा भएपछि देशभरबाट बिजय जुलुस निस्किएर गाडी बन्द होला र बीचैमा अलपत्र परिएला भनेर पनि काठमाडौँ छिटै पुग्न पाए हुन्थ्यो भन्ने थियो । करिब नौ बजे तिर डिजेल पाएपछि बस भालुवाङ्गबाट काठमाडौँका लागि गुड्यो । बसका यात्रुहरु काठमाडौँका केही क्षेत्रमा बिस्फोट भएको समाचार ’bout छलफल गर्दै भोलि कफर््यू पनि लाग्न सक्छ भन्दै थिए । बसको झ्यालबाट आएको शितल हावा र बत्तिको मधुरो प्रकाशमा हामी रोल्पा भ्रमणको उपलब्धीको ’boutमा कुरा गर्दै थियौँ । एक्कासी ठुलो आवाज आयो । बसका सबै यात्रु अत्तालियौँ । होसहवास नै रहेन । केही छिनमा नै क्याबिनबाट महिलाको रुवाईको आवाज सुनियो । खलासीले हत्पत् बसको बत्ति बाले । पछि थाहा भयो अगाडीबाट आईरहेको ट्रकले बसको दायाँ पट्टि ठक्कर दिँदा क्याबिनमा बसेकी महिलाको दाहिने हातको कान्छी औँला आधा छिन्ला जस्तै गरि ढोकाले काटी रगताम्मे भएको रहेछ ।

दुखाई सहन नसकेर ती महिला एकोहोरो चिच्याहट सहित रोइरहेकी थिईन् । ड्राईभर हत्पत् गाडीबाट झरेर कहाँकहाँ क्षति भएको हेर्न थाले । र ठक्कर दिने ट्रकको पिछा गर्ने कुरा बताउदै थिए । त्यतिकैमा रोल्पा जादैँ गरेको बस विपरित दिशाबाट अगाडी आएपछि ड्राइभरलाई भनेर ट्रकलाई पुलिस समात्नको लागि अनुरोध गरे । एकछिनमा ड्राईभर सहित ट्रक समातिएछ । घाईते महिलालाई हाम्रै सहपाठीले पदयात्राको क्रममा चाहिने प्राथमिक उपचारका सबै सामान बोकेकोले त्यही सामानले जानेको सानोतिनो औषधि गरेर काटेको औँलामा ब्यान्डेज लगाईदिए । एकछिनमा दुखाई कम भएकाले होला रुवाईको चिच्याहट सुनिन छोड्यो । बस अब काठमाडौँ जाला की नजाला भन्ने अन्योलमा नै यात्रुहरु थियौँ । ड्राईभर खलासीको बसको वरिपरि अत्तोपत्तो थिएन पदयात्रुहरु बसबाट बाहिर निस्किएर यतिकै बस्यौँ ।

झण्डै आधा घण्टा पछि एउटा भ्यानमा पुलिसहरु आईपुगे । आएका पुलिस मध्यका सबैभन्दा सिनियरले सर्रर बस हेरेँ अनि ठाडो स्वरमा ्रघाईते को हो तल आउनुस् ु भने । घाईते महिला दुखाईको पीडा साथै एकछिनमा तल झरिन् । ड्राइृभर आफ्नो क्षतिपुर्तिको मागका लागि ब्यस्त थिए । पुलिसको वरिपरि मदिराको गन्ध आईरहेको थियो । मातिएकै स्वरमा पुलिस गाडीको नम्बर ना २ ख ६०२८ टिप्दै थिए । हाउभाउ हेर्दा पुरै होसमा कुरा नगरेको प्रष्टै देखिन्थ्यो । घाईते युवती अगाडी उभिए पछि पुलिसले उही ठाडो स्वरमा प्रश्न गरे ्रखै तपाईँलाई कहाँ के भएको हो ु महिलाले नबोलिकन हात देखाईन् । ्रहात कति फुटेको छ ु पुलिसले फेरी सोधे । उनको गलत शब्दको प्रयोगले मलाई रीस उठ्यो । ्रझ्यालको सिसाले हात काट्छ कि फुट्छ ु मनमनै सोचेँ । घटनाको विवरण पुलिसले लिएको र ड्राईभरले दिएको देख्दा यी मानिसहरुमा घाईते प्रति हुनु पर्ने मानवीय भावना पनि नभए जस्तो लाग्थ्यो । यता खलासी भने बसलाई दोहोर् याई तेहेर् याई नियालेर ्रगुरुजी अर्को झ्यालको पनि सिसा फुटेको रहेछु भन्ने जानकारी गराँउन मै ब्यस्त थिए ।

अन्य यात्रु भने घटना हुने बित्तिकै घाईतेको उपचारलाई भन्दा पनि ड्राईभरले आफ्नो स्वार्थ मात्रै सोचेको गुनासो गर्दै थिए । छलफलकै क्रममा साथी रुबिनाले बस दुर्घटना भनेर यति धेरै सुनिन्छ तर बसवालाहरुले प्राथमिक उपचारको लागि चाहिने सामान्य औषधी समेत बोकेका हुदाँ रहेनछन् भन्ने कुरा उठाउदैँ थिइन् । बसको क्याबिन छिर्ने ढोका माथि प्राथमिक उपचारको चिन्ह भएको बाकस देखेर एक जना साथी त्यसमा के रहेछ भनेर हेर्न गए । त्यहाँ त क्यामराको रील र ब्याटि्र रहेछ । यति हुदाँ पनि घाईतेलाई के भएको छ भनेर ड्राईभरले वास्ता गरेनन् बरु आफ्नो बसको क्षतिपुर्तिको लागि प्रहरी संग अनुरोध गरे । दुर्घटना खासै ठुलो भएको त थिएन तर पनि घाईते प्रति देखाउनु पर्ने साहनुभुति र सहायता भने बसवालाले अलिकति पनि देखाएका थिएनन् । संयोगले हाम्रा साथीहरु संग उपचारका लागि चाहिने प्राथमिक उपचारको सामग्री थियो र खासै केही नराम्रो हुन पाएन । तर यदि ती महिलालाई ठुलै चोट लागेको भए के हुन्थ्यो होला । सार्बजनिक यातायातले गरेको यस्तो लापरवाही देखेर दिक्क लाग्यो ।

मातेको स्वरमा पुलिसले एकछिन ड्राईभर संग गनथन गरे र क्षतिपुर्तिको लागि भोलि प्रहरी कार्यालय मै छिनोफानो हुने बताएर पुलिसको समुह फर्कियो । पछि बुझ्दा थाहा भयो गल्ती हाम्रो वसको चालक र ठक्कर दिने गाडी दुबैको रहेछ । बसमा चालकले आफू नजिकैको ढोका नलगाइ त्यतिकै बस चलाएका रहेछन् भने उताबाट आएको ट्रकले तीब्र गतिमा आई जानीजानी ठक्कर दिएको रहेछ । बसकै विषयमा एकछिन चर्काचर्की बहस पछि रिसाएको मनस्थितिमा ड्राइभर सिटमा बसे । भोलि बिहान सम्म काठमाडौँ पुगिएला कि नपुगिएका भन्ने दुविधा सबै यात्रुमा ज्यँू का त्यूँ थियो । झन् ड्राईभर पनि तातो रीसमा गाडी चलाउन थालेपछि अर्को दुर्घटना हुने हो कि भन्ने डर सबैमा हुनु स्वभाविकै थियो । धन्न त्यस्तो नराम्रो नभईकन नै हामीले विहान पाँच बजे मुग्लिन काट्यौँ ।

तर मलेखु आईपुग्नु अगावै बसको लाम आँखाले भ्याए सम्म देखियो । कुरा बुझ्दा थाहा भयो राति २ बजे तिर तेलको ट्याड्ढर पल्टिएर बाटो बन्द भएको रहेछ । मानिसको लस्कर सडक भरि थियो । लामो दुरीका ड्राईभर खलासीहरु बाटो खुल्ने अत्तोपत्तो नभएकाले सडक मै राडी ओच्छ्याएर मस्त निदाएका थिए । एउटा गाडीमा केही हुने वित्तिकै पछाडी आएका सबै गाडीले जबरजस्ती रोकिनुपर्ने बाध्यताले पनि यात्रुहरुलाई निकै नै मारमा पारेको छ । यहाँ पनि झण्डै तीन घण्टा बाटो बन्द भएर इन्तु त चिन्तु भईयो । ब्यापारीहरु दिनभरी बाटो बन्द हुन्छ भन्दै खानेकुराको सामान मनलागि तरिकाले बढाई रहेका थिए । जसोतसो दश बजे बाटो खुलेपछि बाह्र बजे कलंकी आईपुग्यौँ । सडकहरुमा युवाको जमात गणतन्त्र जिन्दावाद भन्दै गणतन्त्रको स्वागत गर्दै थिए । बसहरु मानिसको भीडभाडले एकदमै न्युन चलेका थिए । सास्तीमा घर आईपुगियो । लामो दुरीको यात्रामा झेलेको सास्तीले लाग्यो दैनिक कति मानिसहरु वीच अनकन्टार बाटोमा नै अलपत्र पर्छन् होला । बसको चालक र प्रहरीको लापरवाहीले गर्दा कति धेरै निर्दाेष सर्वसाधारण चपेटामा परेका छन् । प्रहरी र चालक दुवैमा मानवीय भावना नै नभईकन अनुसासन वीहिन भएर रक्सीको मातमा काम सकिदिने बानीमात्र हावी भएको देखियो ।

दुर्घटना हुदाँ बसवाला देखि ट्राफिक प्रहरी कसैले पनि तोकिएको नीति नियमको पालना गरेको देखिएन । श्रम तथा यातायात मन्त्रालय र यातायात सम्बन्धी भएका विभिन्न निकायहरुले आकस्मिक भएका दुघर्टनाको लागि घटनाको स्वरुप हेरेर सो अनुसारको नियम बनाउनु उपर्युक्त हुन्छ । बसमा प्राथमिक उपचारको खाली बाकस मात्र राख्नुको कुनै औचित्य नभएकोले उपचारका सामग्री पनि अनिवार्य हुनुपर्ने र नभएमा कडाईका साथ कारबाही गर्ने नियम राखिनुपर्छ । दुघर्टना भईसके पछि बसवालाले पहिला घाईतेको उपचार गरेर मात्र आफ्नो क्षतिपुर्तिको माग राख्ने नियम हुनुपर्छ । घटना पश्चात् सडक अबरुद्ध भएपछि ब्यापारीले मन लागि मुल्यमा सामान बेच्ने प्रबृत्ति तत्काल हटाउनुपर्छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )