ूआवश्यकता बालअधिकारकोू


बालअधिकार भन्नाले सोह्र वर्षभन्दा कम उमेरका केटाकेटीले कानुनी परम्परागत वा नैतिक रुपमा परिवार समाज र राष्ट्रवाट पाउनु पर्ने न्यायोचित हक हो । पोषणयुक्त खाना स्वास्थ उपचार उचित शिक्षा खेलकुद पारिवारिक माया र सहयोग सुरक्षा आदि बालबालिकाको आधारभुत अधिकारहरु हुन् । हाम्रो देशको बालबालिकाको सन्दर्भमा यी सबै अधिकार सबै बालबालिकाले पाउनु तत्कालका लागि असम्भव देखिन्छ ।

शहरी क्षेत्रको वातावरणमा हुर्किएका मध्यम र उच्चवर्गका बालबालिकाले यी अधिकार प्राप्त गरेपनि निम्नवर्गिय र ग्रामीण भेगका थुप्रै बालबालिकाले यी सबै कुरा पाउनु त परै जाओस् बिहान बेलुकि टन्न खान समेत नपाएको स्थिति छ । हाम्रो देशको बिडम्बना नै यस्तो छ कि कुनै ब्यक्ति चाहिँ बयस्क अवस्थामा प्रवेश गरिसक्दा पनि आमाबुवाबाट बालकको जस्तै स्याहार सुसार पाँउछन् भने कुनै ब्यक्तिले चुहि बाल्यावस्थामा नै आफ्नो सबै अधिकारको परिपुरक स्वयं आफैँ बन्नुपर्ने बाध्यता छ ।

बालअधिकार सम्बन्धि चर्चा गरिने विभिन्न कार्यक्रम बेला मैकामा सरकारी तथा गैरसरकारी संस्थाबाट हुने गरेको छ । यस्ता कार्यक्रमबाट बालबालिकालाई केही हदसम्म सहयोग त भएको छ नै तैपनि बालबालिका संरक्षण सम्बन्धिको समस्या समाधान भने उचित तरिकाले हुनसकेको छैन । यस्ता संस्थाले वार्षिक रुपमा बालबालिकालाई खानेकुरा र कपडा दिने गर्दछन् । विदेशी पैसाबाट यस्ता कार्यक्रम आयोजना गर्दैमा बालअधिकारबाट बिाचत भएका थुप्रै बालबालिको दिगो संरक्षण हुन सक्दैन ।

बालअधिकार सम्वन्धि कुरा उठिरहेकै बेला यसलाई हानी पुर् याउने बालश्रम जस्तो जधन्य अपराध पनि हाम्रै समाजमा थुप्रै हुने गरेको छ । घर चियापसल बसपार्क जस्तो सुकै ठाउँमा पनि श्रमका लागि बालबालिकाहरु नै प्रयोग हुने गरेका छन् । बालबालिकालाई श्रमका लागि राख्दा दबाब दिन पाइने कम खर्चिलो हुने र सजिलै सँग काम लगाउन सकिन्छ भन्ने धारणा थुप्रै मानिसको हुन्छ ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण थुप्रै बालबालिकाहरु हुने खानेको घरमा श्रमका लागि बस्न बाध्य छन् । श्रमका लागि राखिने बालबालिकाले शारिरिक र मानसिक यातनाबाट उत्पीडित हुनुपरेको छ । अर्काको घरमा काम गर्न बसेका बालबालिकाले उचित शिक्षा र स्वास्थ उपचारको ब्यवस्था त परै जाओस् बिहान बेलुकी टन्न खान समेत पुउदैनन् । यस्ता बालबालिकाहरु बिहान सबेरै देखि बेलुकी मध्य रात सम्म आफ्नो क्षमता भन्दा माथिको काम गर्न विवश छन् । सुत्नका लागि पनि घरधनीहरुले भर् याङ्गमुनिको अध्याँरो र हावा नआउने ठाउँ दिने गरेका छन् । त्यस्तै धेरै जसो बालिकाहरुले आफू काम गर्न बसेको घरकै सदस्यबाट पटक पटक बलात्कृत हुनुपरको पनि सुन्नमा आउँछन् । त्यसो त बालिकाहरु मात्र नभई यदाकदा बालकहरु पनि बलात्कृत भएको सुनिन्छ । कतिपय घरमा त घरधनीले आफुले दिएको शारीरिक र मानसिक यातनाबाट घर छोडी भाग्छन् भन्ने शंकाले बालश्रमका लागि राखिएका बालबालिकालाई घरमा थुनेर हिड्ने कुकार्य समेत गर्ने गरेका छन् ।

यसैकारण शारिरिक र मानसिक पीडा पाएका बालबालिकाहरु अरु कुनै विकल्प नभए पछि मौका पाउनासाथ घर छोडी सडकमा ओर्लने गरेका छन् । जुन बालबालिकाहरुलाई खाते भनि नामाकरण गरिन्छ । श्रमका लागि धेरै जसो बालिकाहरु प्रयोग हुने र यातना पाइहाले पनि घरछोडी हाल्ने क्षमता नभएका कारण ले पनि हुनसक्छ खाते बालबालिकाको सङ्ख्यामा बालकहरु नै बढी हुने गरेका छन् ।

शहरी क्षेत्रमा खाते बालबालिकाको सङ्ख्या दिनानुदिन बढ्दै गईरहेको छ । यसरी खाते हुनेहरुमा धेरै जसो बाबुआमाको ठेगान नभएका र अभिभावक भएर पनि दायित्वबोध नगरेका त्यसतै बाढीपहिरोमा परि आमाबुवा गुमाएका बालबालिकाहरु धेरै हुने गरेका छन् । यस्ता बालबालिकाहरु कसैको नियन्त्रणमा नभएका कारण अनुशासन बिहीन हुन्छन् । धेरैजसो त कुलतमा पनि फसेका छन् । बाटो हिड्ने मानिसहरु सँग मागेको पैसाले उनीहरु राम्रो खानेकुरा भन्दा पनि चुराट पिउन बढि तल्लिन हुन्छन् । त्यसतै यस्ता खाते बालबालिकाले सडेगलेको खानेक्ररा मात्र नभई अरु मानिसले पिएर फालेको चुरोटको ठुटा पनि पिउने गर्दछन् ।

नेपाली बालबालिकाहरु अधिकारबाट बिाचत हुनुको प्रमुख कारण पारिवारक आर्थिक सङकट हो । यसको अलावा बिगत केही वर्ष अघिदेखिको दुईपक्षीय द्धन्दको कारण पनि थुप्रै बालबालिका अधिकार बिहीन भएका छन् । बालबालिकाहरुमा दशक लामो द्धन्दको प्रत्यक्ष असर परेको छ । थुप्रै टुहुरा भएका छन् । कतिले त आफ्नो बाबुआमाको हत्या आफ्नै अगाडी भएको समेत देखेका छन् । नेपालको भौगोलिक बनोटबाट बिकट मानिएका जिल्लाहरुका बालबालिकाहरुमा द्धन्दको प्रभाव बढी परेको छ ।

बाँच्न पाउनु र उचित संरक्षण पाउनु बालबालिकाको जन्मसिद्ध अधिकार हो । जनयुद्ध र सशस्त्र सङघर्षको नाममा कतिपय बालबालिकाहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ज्यान गुमाएका छन् । विभिन्न कारणले अधिकारबाट बिाचत भएका बालबालिकाहरुको मस्तिष्कमा बिद्रोही र द्धन्दात्मक भावनाले जरो गाडेको छ । उनीहरुको सोचाईमा नकारात्मक छाप परेको छ ।

यस्ता बालबालिकाहरुमा सकारात्मक सोच कसरी विकास गराउने भन्ने ’boutमा सरकारी तथा गैरसरकारी संस्था लागि पर्नुं पर्छ । नेपालका अधिकाशं बालबालिकालाई कम्तीमा कुन तहसम्मको अध्ययन गराउने भन्ने विषयमा राष्ट्रको प्रष्ट नीति हुनुपर्दछ । माथिल्लो ओहदामा बस्ने नीतिनिर्माताकरुले ब्यक्तिगत स्वार्थबाट माथि उठि बालश्रमलाई पुर्णत रोक्नका लागि स्वयं आफ्नै घरबाट शुरु गर्नु पर्दछ । बालबालिकाको आधारभूत आवश्यकताहरु पूरा गर्न प्रत्येक वर्ग समुदाय र तहबाट बुलन्द आवाज निस्कनुपर्छ । आजका बालबालिका भनेका निकट भविष्यका देशलाई मार्गनिर्देश गर्ने युवा हुन् । उनीहरुको उचित स्याहार र संरक्षण समय हुँैदै हुन सकेन भने भविष्यमा सामाजिक राजनैतिक आर्थिक सबै सङकट आउने निश्चित छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )