ुयुद्धका चित्र हेर्दाु

दुई टुहुरा बालबालिकाको डढेको अनुहारको तस्बीर संगै शुरुभएको ुयुद्ध चित्रु नामक वृत्तचित्रले दशकलामो शसस्त्र द्धन्दबाट प्रत्यक्ष प्रभावित द्धन्दपीडितहरुको कथा कहेको छ । उनीहरुको पीडा जस्ताको तस्तै उनीहरुको मुहारबाट झल्काउन सफल वृत्तचित्रले दर्शकलाई उनीहरुकै पीडा संग बग्न बाध्य बनाँउछ । बितेका केही वर्षमा देशको राजनीतिक परिवेश निकै धेरै परिवर्तन भयो । दुई पक्ष वीचको भिडन्तमा न कसैको हार भयो न नै कसैको जीत तर त्यसको प्रत्यक्ष मारमा नेपाली जनता परे । कुनै कारण बिना नै आफ्ना आफन्त गुमाउन बाध्य भए ।

युद्ध चित्रमा कति बाबुआमाले आफ्ना सन्तान गुमाएका श्रीमतिले श्रीमान् गुमाएका छोराछोरीले आफ्ना बाबु आमा गुमाएका कथा उनीएको छ । कलिला अबोध बालबालिका जसलाई आफू के गर्दै छु भन्ने ज्ञान नै नभई आफ्ना बाबुआमाको मृत्युपछिको काजकि्रया गर्न विवश भएका छन् । अन्धा बालबालिका प्रदर्शनिमा राखेका तस्वीर छामेर द्धन्दकालीन अबस्थामा गुज्रेको नपाल र नेपालीले भागेको पीडा अनुभव गर्दैछन् । युद्धका चित्र हेरिरहँदा लाग्यो की देशको राजनीतिक परिवर्तन संगै सरोकारवालाले पनि जनआन्दोलनका क्रममा नेपाली जनताले पुर् याएको योगदान बिस्रन थालेका छन् । आजकाल साचारमाध्यमहरु पनि तत्काल घटेका घटनाहरु र दलका गतिविधिलाई मात्रै प्राथमिकता दिन थालेकाले सरोकारवालाहरु पनि बिस्तारै द्धन्दपीडितको क्षतिपुर्तिको मागका लािग बुलन्द बनाउनु पर्ने आवाज मन्द बनाउदैँ गएका छन् । साधारण दर्शकको हिसाबले वृत्तचित्र हेर्दा मलाई पनि त्यहीँ अनुभव भयो की साचारमाध्यमले निरन्तर रुपमा फुकिरहँदा मात्र पीडितले विगतमा पुर् याएको योगदान र उनीहरुको वर्तमानको पीडाको हेक्का रहदोँरहेछ ।

अहिले द्धन्दरत दुवै पक्ष सरकारमा भएका कारण आफू र आफ्ना कार्यकर्ताले गरेको मानवअधिकार हननका विषयमा कुरा उठाउन चाहिरहेका छैनन् । यसले गर्दा पनि सीमित द्धन्दपीडितले क्षतिपुर्ति र न्याय पाएका भए पनि धेरै पीडितहरु अझै पनि न्याय र शान्तिको खोजी प्रति निरन्तर प्रतिवद्ध रहेका छन् । तर साचार माध्यमले आजकाल उनीहरुको आवाजलाई प्राथमिकता नदिएका कारण सम्बन्धित निकाय सम्म पुग्न सकिरहेको छैन । द्धन्दपीडितका लागि सरकारले गरेको बेवास्ताका लागि खबरदारीको आवाज उठाउन मानव अधिकारकर्मी र नागरिक समाज पहिलाकै रफतारमा दत्तचित्त भई लाग्न जरुरी छ ।

युद्ध चित्रमा गरीबिमा गुजि्रएका गाईघाटका एक वृद्ध दम्पति बेपत्ता नागरिकको तस्वीर भएको पेटिकामा आफ्नो छोरा लीलाराज आचार्यको फोटो देखाउदैँ प्रचण्ड संग भेटेर आफ्नो छोराको हालत सार्बजनिक गराउने इच्दा भएको बताउछन् । बेपत्ता लीलाराजकी आमा लक्ष्ामाया प्रचण्डको फोटा इङ्गित गर्दै ुयो राजा भएको छ हैन अहिलेु भन्दै भेटेर आफूलाई पनि मार्नको लागि आग्रह गर्ने बताँउछिन् । बेपत्ताा भएको छोरालाई कुरेर पल पलमा मर्नुभन्दा एकैपटकमा मर्ने मन भएको बताँउछिन् ।

उता दमककी सिता ढकाल राज्यबाट बेपत्ता बनाईएका आफ्ना श्रीमान्लाई लडाईमा जनता पुस्तकको पानामा खोज्दैछिन् । सिँउदोमा सिन्दुर र हातमा श्रीमान्को श्यामश्वेत तस्वीर लिएर श्रीमान् कुरिरहेकी छिन् । २२ वर्ष सम्म पुलिसमा सेवा गरेका श्रीमान् एकाएक बेपत्ता भएको लामो समय भए पछि अफिसमा पेन्सनपट्टा लिएर पेन्सन थाप्न जाँदा ुकी मृत्यू दर्ता बनाएर ल्याउ की स्वंय मानिस ल्याऊ भनेकोमा गुनासो गर्छिन् सीता । आफूलाई थाहै नभई बेपत्ता बनाईएका आफ्ना श्रीमान्को खोज खबरका लागि सरकारले नै श्रीमान्को स्थिति सार्बजनिक नगरेपछि उनले पेनसनका लागि अब के गर्न सक्छिन् त

कतै बेपत्ता बनाइएका आफ्ना आफन्तको ुजिउदोँ भए सास देउ नभए लास देऊ का आशामा आवाजवीहीन जनता बसेका छन् भने कतै शहिदका आमाबाबु देशको लागि अनाहकमा आफ्नो सन्तान गुमाउनु परे पनि सरकारले उचित क्षतिपुर्तिको ब्यवस्था नगरेकोमा दुखमनाउ गरिरहेका छन् ।

जनआन्दोलनको क्रममा गोली लागि घाईते भएका झापाका गोपाल श्रेष्ठ एउटा खुट्टा नचल्ने गरि ओछ्यानमा थला परेका छन् । बुढेसकालमा घाईते छोराको रेखदेख गर्नु विधवा आमाको विवशता हो । छोरालाई दिएको सम्मान पत्र देखाउँदै आमा भन्छिन् गृहमन्त्री एकैपटक आएका थिए औपचारिकता पुरा गर्नको लागि ुअब उ तपाईको मात्र छोरा होइन देशको छोरा हो भने ताली बजाए हामी हेर्छौ भने अनि गए । त्यसपछि फर्किएर कोही आएको छैन ।ु के बाँसको टाँडमा सम्मानपत्र झुण्डाएकै भरमा आमा र घाईते छोराको बाकीँ जीबन निर्बाह होला त

निलो सफा आकाशमुनी निलै स्कुल डे्रसमा सजिएका विद्यार्थी ठुलै उत्साहले लालसलाम गरिरहेको तस्बीर हेर्दा रोल्पा स्थित शहीद जन नमुना विद्यालयका बिद्यार्थीको निर्दोश अनुहार मेरो मानसपटल भरी छाएको थियो । डेढ वर्षको अन्तरालमा दुइपटक रोल्पा पुग्दा ती स्कुलका बालबालिकाको भविष्यको उद्देश्य एउटै थियो ुजनमुक्ति सेना बनेर आफ्नो बाबुआमा मार्ने शत्रुलाई मारेर बदला लिने ।ु उनीहरुको निद्रोश आँखामा देखिएको बदलाको भावनाले मलाई अवाक् बनाएको थियो । ब्यवाहारिक शिक्षाको नाममा माओवादी सिद्धान्तका कुराहरु घोकाउने शिक्षा प्रणालीलाई अब कहिलेसम्म निरन्तरता दिईन्छ यदी माओवादी सिद्धान्तको कुरा पढाएर र प्रत्येक पुस्तकको पहिलो पृष्ठमा कमरेड प्रचण्डको फोटो र मन्तब्य राखिने हो भने पहिला राजाको गुणगान गाउनु र अहिले प्रचण्डको गाउनुमा के नै फरक भयो र अब माओवादीको सरकार बनिसकेपछि पनि त्यही जनवादी शिक्षा प्रणालीलाई नै प्राथमिकता दिदाँ कतिको उचित होला सधै उनीहरुमा विद्रोह र बदलाको भावना नै जगाईरहँदा उनीहरुको भविष्य कता जाला यस्तै कुराहरु दिमागमा घुमिरह्यो वृत्तचित्र हेर्ने अवधिभर ।

ुलडाईमा जनताु तस्बीर हेरेर प्रतिकि्रया लेख्ने रचना शर्माको जस्तै सबै द्धन्दपीडितले के अब एकअर्काको पीडा हेरेर मन बुझाउने बाटो खोज्नुपर्ने हो उनले प्रतिकि्रयामा लेखेकी छिन् ुमलाई यो तस्वीर हेर्दा अलिकति भए पनि मन बुझाउने बाटो भयो । किनकी यो युद्धमा मेरो बाबा पनि मारिनु भएको थियो । उहाँपनि टिचर हुनुहुन्थ्यो । मलाई लाग्थ्यो मैले मात्र बाबा गुमाएकी थिए तर बास्तबमा म जस्ता धेरै टुहुर रहेछन् ।ु उता श्रृजना पार्थिन् आफ्नो बाबा गुमाए पछि मानसिक पीडामा परेकी छिन् । भन्छिन् ुस्कुलमा सबै साथी हासेको देख्दा मलाई पनि हास्न मनलाग्छ । तर बाबा बित्नुभए देखि मेरो दिमागमा खाली नकारात्मक कुरामात्र आईरहन्छ । किन यस्तो भयो होला कसरी यस्तो भयो होला जस्तो मात्र लागि रहन्छ ।ु उनमा भएको यो मानसिक पीडाको निदान अब कसले गर्छ

नयाँ नेपालको सोच बनाएर हिडेका युद्धरत दुबै पक्षलाई नेपाली जनताले साथ दिए । युद्धको समयमा हुने खानेको सम्पत्ति कब्जा भयो हुदाँ खानेको पीडा ज्यूँका त्यूँ रह्यो । आखिर दोहोरो मारमा आवाजवीहिन जनता परे । उनीहरुको योगदानको मुल्याड्ढन अहिलेसम्म सरकारबाट हुनसकेको छैन । जसरी सरकारमा नहुदाँ प्रतिपक्षमा बसेर अरुको आलोचना गर्न सजिलो भएको थियो त्यसैगरी सोझा जनतालाई सपना बेचेर सत्तामा पुगेपछि अब शान्तिलाई नखल्बलाइ त्यो सपनालाई पुरा गर्नुपर्ने बाध्यता सरकारमा बस्नेको काँधमा आएको छ । वृत्तचित्रमा वरिष्ठ पत्रकार कुन्दा दीक्षितले भन्नुभए जस्तै ुजनताले लडाई सकिएको महसुस गरे पनि पीडा सकिएको महसुस गरेका छैनन् ।ु त्यसैले समस्या खोतलेर न्याय दिनुपर् यो क्षतिपुर्ति हुनुपर् यो अनि मात्रै देशमा दिगो शान्तिको आशा गर्न सकिन्छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )