नारीको कोमलता र टेम्पो कर्म

सखारै टेम्पो दुकुराउंदै रत्नपार्कतिरको कर्म थलो । भिड छिचोलेर स्टेरिङ सोझ्याउंदै दिनहुं यात्रुको प्रतिक्षामा । हिउंद न बर्खा सबै बेला सडकमा हुंकिएर दैनिक गुजाराको जोहो । आहा कति सुन्दर कर्म । तर कर्म भित्रको मर्म पनि त दुःखपुर्ण छ । दिन रातको मिहिनतले सुखी पो हुन सकिन्थ्यो नि । तर छैन उहि बिहान बेलुकाको खाना अनि पुग नपुग छोराछोरीको पढाई खर्च मात्र । यहि संघर्षको चरणमा हुंईकिएकी सुनिता फुंयालको यात्रु ओसार्दे आठ बर्ष बितेछ ।

श्रीमानको गैर जिम्मेवारले उनलाई तिन छोराछोरी हुर्काउने दायित्व बढायो । दायित्व पुरा गर्न जोखिम र असुरक्षित मानिएको टेम्पो चलाउने उनको अभिलाषाले पेटलाई भोको राख्न दिएको छैन । ०५७ साल देखि यहि पेसालाई निरन्तरता दिएकी सुनितालाई कर्मले साथ दिएको होला तर भाग्यले सधैं पाखा लगायो । बिबाहित भएर पनि श्रीमान बिनाको जिवन बांच्नुपर्ने बाध्यता त आंसु पिएर लुकाएकी होलिन तर भौतिक कुराले संधै पिरोलिरहन्छ उनलाई । बिहान बेलुकाको खाना लुगा औषधी कोठा भाडा आदि खर्च धान्न उनलाई धौ धौ छ ।

अाफ्रनै कर्ममा ब्यस्त

अाफ्रनै कर्ममा ब्यस्त


श्रीमान्लाई स्वदेशमै छोडेर दुई पैसा कमाउन उनि नौ बर्ष अगाडी बिदेशिएकी थिइन् तर छोराछोरीको पालन पोषणमा परिवारले वास्ता नगरेकोले पैसा नकमाउंदै उनि नेपाल फर्कन बाध्य भइन् । श्रीमान मदिरा सेवन र पैसा अनाबस्यक खर्च गर्ने सुनेर उनि बिदेशको पुरा अबधी नबसी स्वदेश फर्किन तर उहि पिडा अभाव र सधैंको दरिद्रमा उनलाई एक दशक पार गरायो । यो दरिद्र अझै पनि टर्नेवाला संकेत उनले पाएकी छैनन् । खै कुनै सरकारले पनि हामी जस्ता महिला श्रमिकको हितमा काम गर्ने भएनन् निराश भावमा उनले भनिन्- ुज्यालाको दर र दुःख गरेर खाने महिलालाई सरकारले उचित ब्यबस्था गर्नु पथ्र्यौ नि ।ु

उनलाई अहिलेको दैनिकीले भन्दा बिदेशींदाको पिडाले बढी छुन्छ । कत्रो चाहना बोकेर परदेश गएं तर श्रीमानकै कारणले चांडै फर्कनु पर्यो उनि भन्छिन्-ुभिसा अबधीभर बस्न पाएको भए एउटा आफ्नै झुपडी जोड्न सक्ने थिएं ।ु त्यो बेलिबिस्तार उनको लक्ष्यमा तगारो श्रीमान बनेको प्रष्ट झल्किंथ्यो । स्वदेश फर्कंदा श्रीमान उनलाई थाहा नदिइकन बेपत्ता बनिसकेका थिए जुन अहिलेसम्म फर्केर आएका छैनन् ।

घर काठमाण्डौकै एक गाउं आलापोटमा भएपनि कुनै दुर्गम बस्तीको दरिद्र भन्दा कम भएन उनको जिवनमा । श्रीमान्को बेपत्तापछि सासु ससुराले समेत सुनितालाई हेलां गर्न थाले । तर पनि उनले हिम्मत हारिनन् आफ्नो छोराछोरीको पालनपोषण नेपालमै बसेर आफैँ गर्ने साहस बटुलिन् । काम के गर्ने दोधारमा पुगेकी उनले टेम्पो चालक बन्ने निर्णय आंफै गरिन् । पहिलो टेम्पो महिला चालक सुमित्रा दँगालले खुल्ला माचमा प्रशिक्षण दिने थाहा पाएपछि हान्निएर उनि त्यहां पुग्थिन् । केहि दिनको मिहिनेतमा उनले टेम्पो चलाईन अनि लाइसेन्स लिएपछि यहि पेशालाई निरन्तरता दिने उनले अठोट गरिन् । आफन्त साथीभाईले यस्तो काम महिलाले गर्न हुंदैन भनेपनि आफ्नो लगनशिलतामा उनि डग्मगाइनन् फलस्वरुप अहिलेसम्म उनि काठमाण्डौमा सफल टेम्पो महिला चालक बनेकी छिन् ।

e0a4b8e0a581e0a4bfe0a4a8e0a4a4e0a4be-e0a4aae0a4abe0a581e0a481e0a4afe0a4bee0a4b21
उनलाई त अहिले पर्दा भित्रको तितो जिवनमा बाह्य संसार कति मिठो र सुन्दर बनाएको अभाष दिन्छ । उनको परिश्रमको फल ३ छोरीले पढेर प्रस्फुटन गरिदिए । जेठी छोरी बिबिएस तेस्रो बर्षमा माइली बिबिए र कान्छी आई ए पढ्दै छन् । आहा रात पछिको उज्यालो झुल्कन उनलाई मिरमिरे आएको छ । जस्तो जिवन भोगेपनि छोरीहरुले पढेको देख्दा निकै हर्ष लाग्छ उनि भन्छिन्-ुब्यक्तिगत जिवन गाह्रो भयो तर छोरीहरुको भाग्य चम्किलो बनाउन सकेकी छु ।ु

उनले जिवनभरको कमाई सन्तानकै लागि खर्चिन् । कठिन परिश्रमबाट छोराछोरीलाई बोर्डिङ स्कुल मै पढाईन् । भन्छिन्- ुसरकारी स्कुलको बाताबरणले छोरी बिग्रने हुन्की जस्तो लागेर जति गाह्रो भएपनि बोर्डिङमै पढाएं ।ु उनिहरुलाई पढाउंदा मैले कसैसंग हात फैलाएर ऋण काढ्न परेन । पहिला मासिक चार हजार आम्दानी हुन्थ्यो अहिले दश हजार पुग्छ उनि सुनाउंछिन् ।

त्यति बेला उनले टेम्पो चलाउन शुरु गर्दा महिला चालक डेढ दर्जन जति थिए । अहिले त काठमाडौमा चल्ने ६ सय टेम्पोमा २० प्रतिशत महिला चालक भईसकेका छन् । आफ्ना सबै सहकर्मी महिला पनि बाध्यताले यो पेशा अंगालेको उनि सुनाउंछिन् । उनको अनुभवमा महिलालाई यो पेसामा आफ्नो पुरै समय दिनु नै सबैभन्दा ठुलो समस्या हो । तर कति महिलाले त टेम्पो चलाएर आफ्नो जीबन निकै सुधार गरिसकेका उनको भनाई छ । उनले पनि युएनडिपी अनमिन अन्तराष्ट्रिय संस्थामा काम गर्न प्रयास नगरेकी होइनन् आफ्नो शैक्षिक योग्यताको कमिले उनलाई त्यो अबसर पुरा हुन दिएन ।

उनी संगैका सहकर्मी माया तामा¨ हर्मिता श्रेष्ठ कमला लामा बिनिता श्रेष्ठ यस्तै संस्थामा चालक हुन पाएर राम्रो आम्दानी गरेका छन् । ब्यवसायिक ढंगले यही पेसा अँगाल्दै आएका महिला अहिले थुप्रै भइसके । आंफुलाई त धेरै पटक भाग्यले ठग्यो काम गरेर मात्र कहां हुंदारहेछ र जिवनप्रतिको बिश्लेषण गर्दे सुनिता भन्छिन्-ुतै पनि आफ्नो खुट्टामा उभिएर बांचेकी छु ।ु उनले अझै आफ्नो परिवारले सम्झन्छन् र मायां दिन्छन् भन्ने आशा मारेकी छैनन् । श्रीमान फर्केर आउनेमा उनको आस अझै घटेको छ्रैन ।


Same article when published in Dainikee.com. Here is the article.

टेम्पो कर्म र नारी संघर्ष

विनिता दाहाल

बिहान सबेरै स्टेरिङ घुमाउँदै घुइँचो छल्दैछिचोल्दै टेम्पो लिएर रत्नपार्क। हिउंद न बर्खा साँझ न बिहान दैनिक गुजाराको जोहो गर्न सधैं सडकमा यात्रुको पर्खाइ। यस नियमित कर्म भित्रको मर्म भने दुःखपूर्ण छ। दिन रात यसरी मिहिनतले त सुखी पो हुन सकिन्थ्यो नि। जति दुःख गरे पनि बिहान बेलुकाको छाक टार्न र छोराछोरीको पढाइ खर्च जुटाउन सधैं धौ धौ। यसरी नै यात्रु ओसार्दै सुनिता फुंयालको आठ बर्ष बितेछ।
पतिको गैरजिम्मेवारीले तीन जना छोराछोरी हुर्काउने भार उनको एक्लो काँधमा पर्‍यो। महिलाका लागि जोखिमी र नौलो मानिएको टेम्पो चलाउने उनको आँटले धन्न भोकै सुत्न परेको छैन। सुनिता २०५७ देखि टेम्पो चलाई रहेकीछिन्।

यसोत दुई पैसा कमाएर अलि सजिलोसँग गुजारा गर्न नौ बर्षअगाडि मुगलान पसेकी सुनिता पति र परिवारले छोराछोरीको वास्ता नगरेपछि पैसा नकमाउंदै फर्कन बाध्य भइन्। पतिको मदिरा सेवन र फजुलखर्चीको कथा सुनेर स्वदेश त तर यहाँ आएपछि कष्ट र अभावबाट कहिल्यै उम्कन पाएकी छैनन्। यो दशा टर्ने लक्षण देखेकी छैनन्। यसबीच उनले विभिन्न प्रकारको सरकार देखिन्। शासन बेहोरिन्। ´खै कुनै सरकारले पनि हामी जस्ता महिला श्रमिकको हितमा काम गर्ने भएनन्, निराश भावमा उनले भनिन्– ´कम्तीमा हामी दुःख गरेर परिवारको गुजारा गर्नुपर्ने महिलालाई त सरकारले हेर्नुपर्थ्यो नि।´

उनलाई अहिलेको यहाँको दैनिकीलेभन्दा विदेशबाट रित्तै फर्कनु परेकोे पीडा छ। ´कत्रो सपना बोकेर परदेश गएं, तर श्रीमान्कै कारणले चांडै फर्कनु पर्यो, सुनिता भन्छिन्–´भिसा अवधिभर बस्न पाएको भए एउटा आफ्नै झुपडी जोड्न सक्ने थिएं।´ उनी घर नफर्कंदै लालाबाला बिचल्लीमा पाडेर बेपत्ता भएका उनका पति अहिलेसम्म फर्केर आएका छैनन्।

सुनिताको घर काठमाण्डौकै आलापोट गाउँमा भएपनि सहरीया सुखसुखको छेउछनक पनि उनले पाइनन्। दुर्गम बस्तीको दरिद्रता भोगिन्। पति बेपत्ता भएपछि सासुससुराले पनि सुनितालाई हेलां गर्न थाले। उनले हिम्मत भने हारिनन्। नेपालमै बसेर छोराछोरी हुर्काउने साहस बटुलिन्। कामको खोजी गर्ने क्रममा टेम्पो चलाउने निर्णय गरिन्। पहिलो महिला टेम्पो चालक सुमित्रा दँगालले खुल्ला मञ्चमा तालिम दिने थाहा पाएपछि हान्निएर सुनिता त्यहां पुगिन्। उनले चाँडै नै टेम्पो चलाउन सिकन् र लाइसेन्स लिएपछि पेसाका रूपमा अपनाउने अठोट गरिन्। आफन्त साथीसँगीले यस्तो काम महिलाले गर्न हुंदैन भनेपनि सुनिताको हिम्मत डग्मगाएन। अहिले त उनी काठमाडौंकी सफल महिला टेम्पो चालक बनेकी छिन्।

परिश्रमले सुनितालाई संसारको सौन्दर्य पनि देखाएको छ। उनको परिश्रमलाई तीनैवटी छोरीले सार्थक बनाइदिएकाछन्। जेठी छोरी बिबिएस तेस्रो बर्षमा, माइली बिबिए र कान्छी आईए पढ्दै छन्। लाग्छ सुनिताको जीवनमा मिरमिरे आएको छ र अब उज्यालो हुन्छ। आफूले जति कष्ट सहेको भए पनि छोरीहरू पढेको देख्दा उनी निकै हर्षित छिन्–´ आफ्नो जिन्दगी गाह्रो भयो, तर छोरीहरूको भाग्य चम्किलो बनाउन सकेकी छु।´

सुनिताले जीवनभरको कमाइ सन्तानकै लागि खर्चिन्। जति दुःख भए पनि छोराछोरीले राम्रो शिक्षा पाउन् भनेर प्राइभेट स्कुल मै पढाइन्। भन्छिन्– ´सरकारी स्कुलको वातावरणले छोरी बिग्रने हुन्की जस्तो लागेर जति गाह्रो भएपनि बोर्डिङमै पढाएं।´ टेम्पो चलाउन थालेपछि उनीहरूलाई पढाउंदा पनि कसैसंग हात फैलाउन परेन। चालक पेसाबाट पहिला मासिक आम्दानी पहिलेको चार हजारबाट हाल दश हजारजति हुने सुनिताले भनिन्।

सुनिताले टेम्पो चलाउन थाल्दा डेढ दर्जन जति महिला यस पेसामा थिए। अहिले काठमाडौमा चल्ने ६ सय टेम्पोमा २० प्रतिशत चालक महिला छन्। अरू महिलाले पनि बाध्यताले नै यो पेशा अंगालेको उनको अनुभव छ। टेम्पो चालकका रूपमा नै जीवन बिताउन महिलाका निम्ति कठिन भए पनि धेरै महिलाले गाडी.चलाएरै जिन्दगीको रथ हाँकेका छन्। उनका सहकर्मीहरू माया तामाङ, हर्मिता श्रेष्ठ, कमला लामा, विनिता श्रेष्ठले भने यस्तै संस्थामा चालकको जागिर पाएर राम्रो आम्दानी गरेका छन्।यसो त सुनितालाई अन्तै जागिर खाने रहर थियो। तर युएनडीपी, अनमिनजस्ता अन्तराष्ट्रिय संस्थामा काम गर्ने प्रयासलाई उनको शैक्षिक योग्यताले छेक्यो। व्यावसायिक चालकको पेसा अँगाल्ने महिला पनि अब त थुप्रै भइसके।

मनको अन्तरकुन्तरमा पति आफूकहाँ फर्केर आउने आशा पालेर बसेकी सुनिताको कुनै न कुनै दिन परिवारले सम्झने र मायागर्ने विश्वास भने अझै मरेको छ्रैन। धेरै पटक भाग्यले ठगेको ठाने पनि जीवनप्रति उनको खासै गुनासै छैन। सुनिता भन्छिन्–´आफ्नो खुट्टामा उभिएर बांचेकी छु।´

Advertisements
This entry was posted in 1. Bookmark the permalink.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )