बाल योन दुराचार र बालबालिका

बाल यौनदुराचार र बालबालिका

2008-10-13,Monday

बालबालिकासम्बन्धी हक-अधिकारका सवालमा विशेष गरी पोषणयुक्त खाना खान पाउने, बाँच्न पाउने, पढ्न पाउने, स्वास्थ्यउपचार पाउने, पारिवारिक माया र सहयोग पाउने जस्ता कुरालाई प्राथमिकता दिइने गरे पनि उनीहरूमाथि हुने यौनदुराचारको विषयलाई भने उति साह्रो गम्भीरताका साथ लिएको पाइँदैन । यौनदुराचारीको सिकार कुनै पनि क्षेत्र, वर्ग, समुदायका जो-कोही बालबालिका, जहाँकहीँ र जो-कसैबाट भइरहेका हुन्छन् ।

एक गैरसरकारी संस्था -सिविस) को रिपोर्टअनुसार विद्यालय जाने ३३.५ देखि ४५ प्रतिशत बालबालिकाहरू यौन दुव्र्यवहारबाट प्रत्यक्ष प्रभावित छन् । काठमाडौं उपत्यकाको बालबालिकामा मात्रै अध्ययन गरिएको सो रिपोर्टअनुसार स्कुल जानबाट वञ्चित घरेलु बाल श्रमिकमध्ये ५६ प्रतिशत बालबालिका यौनदुव्र्यवहारको जोखिममा छन् । यसरी दुव्र्यवहारमा पर्ने बालबालिका खासगरी आठदेखि १४ वर्ष उमेरसमूहका रहने गरेका छन् । घर-परिवार, समाज र विद्यालय सबै ठाउँमा बालबालिकालाई आफूभन्दा ठूलाको सम्मान गर्नुपर्छ र उनीहरूले भनेको कुरा मान्नुपर्छ भन्ने कुरा सिकाइएको हुन्छ । यौनदुराचारीले भने यही कुराको फाइदा उठाएर बालबालिकालाई दुव्र्यवहार गरिरहेका हुन्छन् । बालबालिकाले आफूलाई गरेको कुन व्यवहार राम्रो हो र कुनचाहिँ दुव्र्यवहार हो भन्ने छुट्याउन नसक्नुले पनि समस्यालाई थप मलजल गरिरहेको छ । घरभित्र र विद्यालयमा विशेष गरी बालिकाहरू यौनदुव्र्यवहारमा परेका छन् भने सडकमा बालकहरू बढी सिकार हुने गरेका छन् ।

बालबालिकालाई शारीरिक रूपमा छोएर वा नछोईकनै पनि दुराचार गर्ने गरिन्छ जस्तै अश्लील चित्र देखाएर, अपशब्द बोलेर यौन-सम्बन्धका ’boutमा कुरा सुनाएर वा देखाएर, बालबालिकाको नांगो फोटो खिचेर दुव्र्यवहार गरिन्छ । यस्ता बाल यौनदुराचारीलाई पेडोफाइल भन्ने गरिन्छ । पेडोफाइलहरूको दुराचार गर्ने प्रवृत्ति फरक भए पनि उद्देश्य भने एउटै यौन-सन्तुष्टि प्राप्त गर्ने हुन्छ । हाम्रो देशका सन्दर्भमा पेडोफाइलहरू स्वदेशी र विदेशी दुवै रहेका छन् । पर्यटन व्यवसायको विकाससँगै नेपालमा पेडोफाइलको संख्या पनि बढ्दै गइरहेको छ । कतिपय पर्यटकको नेपाल बारम्बार आइरहने उद्देश्य नै बालबालिकालाई यौनदुराचार गरेर त्यसबाट सन्तुष्टि लिने हुन्छ । उनीहरू छोटो दूरीको पदयात्रामा बालबालिकालाई भरियाका रूपमा लाने अनि धेरै समय बिताएर आउने गर्छन् । अझ थुप्रै विदेशी पेडोफाइलले त सेवाका नाममा नामै दर्ता नगराइएका बालगृहहरू खोलेर बालबालिकाको यौनशोषण गरिरहेका हुन्छन् ।

अभिभावकहरू आफ्ना सन्तानको खुसी र उनीहरूको आवश्यकताका लागि सचेत भए पनि आफ्ना बालबालिका कोही-कसैबाट कहीँकतै यौनदुराचारमा परेका छन् कि छैनन् भन्नेतिर सचेत भएको पाइँदैन । यौनशिक्षाका ’boutमा राम्रो जानकार व्यक्ति त यस विषयमा खुलेर कुरा गर्न सक्दैनन् भने बालबालिकाले आफ्ना साथीभाइ वा परिवारलाई आफ्नो समस्या बताउनु असम्भव नै हुन्छ । यसका लागि अभिभावक आफैंले बालबालिकाको नजिक भएर उनीहरूको बानी-व्यवहार, चालचलनमा फरक आएको छ कि छैन विचार गर्नुपर्छ । हामीलाई सानै जस्तो लागे पनि बालबालिका यौनदुराचारीको सिकार भएपछि उनीहरूमा नैराश्य आउँछ र हीनताबोध हुन्छ । जसले उनीहरूको स्वस्फूर्त विकासमा बाधा पुर्‍याइरहेको हुन्छ । अभिभावकले आफ्ना छोराछोरीको सबैखाले कुरा सुनिदिनाले मात्रै पनि बालबालिकालाई धेरै राहतको महसुस हुन्छ ।

अभिभावकले यौनदुराचारजस्ता घृणित अपराधबाट कसरी बच्ने र सुरक्षित हुने भन्ने विषयमा बालबालिकालाई आत्मरक्षाका उपायहरू सिकाउन जरुरी हुने गर्दछ । बालबालिकाको मनोविज्ञान बुझ्ने र सबै किसिमका संरक्षण गर्ने प्रमुख दायित्व नै अभिभावकको हुन्छ । कतिपय अवस्थामा बालबालिकाले उनीहरूमाथि भएको दुव्र्यवहारको जानकारी गराएपछि पनि अभिभावकले आफ्नो सामाजिक प्रतिष्ठा र सन्तानलाई भविष्यमा असर पर्छ भन्ने मान्यताले सम्बन्धित निकायसम्म गएर उजुरी गराउँदैनन् । बालबालिकामाथि यौनदुराचार हुने सिलसिला बढ्दै गइरहेको भए तापनि यसका ’boutमा उजुरी भने पाँच प्रतिशत पनि नभएको बालबालिकाको हकहितका लागि काम गर्दै आएको सिविनको एक रिपोर्टले देखाएको छ । उजुरी गरिसकेपछि आफ्नो व्यक्तिगत विवरण गोप्य गराउन पाउने अधिकार हुन्छ भन्ने ज्ञानको अभावले पनि उजुरी गर्न मानिसहरू डराएका हुन सक्छन् ।

बाल यौनदुराचारसम्बन्धी विषयमा भएका घटनाको प्रकृति हेरी अपराधीलाई उचित दण्ड-सजाय भएको पाइँदैन । सीमित रकम तिरेकै भरमा स्वदेशी र विदेशी पेडोफाइलहरूले अपराधबाट मुक्ति पाएका छन् । जताततै नातावाद र कृपावाद हाबी भएको हाम्रो देशमा नातावाद, कृपावाद र पैसाको ओइरो खन्याएकै भरमा यस्ता अपराधीले मुक्ति पाइरहेका छन् । पर्याप्त जागरणका कार्यक्रम सञ्चालन हुन नसकेकाले पनि यस्ता घटना समाजमा घटिरहेेका छन् । कतिपय सरोकारवालाहरू पनि बाल यौनदुराचारसम्बन्धी विषयमा अनभिज्ञ भएकाले यस विषयमा सक्दो प्रचारप्रसार गर्नुपर्छ ।

यस्ता विषयमा सम्बन्धित निकाय, संघसंस्थाको ध्यान बेलैमा नजाने हो भने यस्ता बालबालिकामा भावनात्मक र मनोवैज्ञानिक असर पर्छ र उनीहरूमा द्वेष बढ्न थाल्छ । बालबालिकाविरुद्ध हुने हिंसा र दुव्र्यवहार रोकथाम गर्ने प्रमुख जिम्मेवारी अभिभावक, सरोकारवाला सम्बन्धित निकायको हो । बेलैमा यस्ता घृणित अपराध रोकथामका लागि सही संयन्त्र तयार गरी उनीहरूलाई उचित कानुनी दण्डसजायको व्यवस्था गरी यस्ता अपराध न्यूनीकरणमा ध्यान दिनु अत्यन्तै आवश्यक भइसकेको छ ।

टिप्पणी छोड्नुहोस्