म्याग्दीका गाउ“ डुल्दा

विनिता दाहाल

केही दिनअघि हामी डुल्यांै म्याग्दीका केही गाउ“मा । सेसी नेपाल र फेकोफोनले आयोजना गरेको ‘शान्ति र विकासका लागि महिला पदयात्रा’ मा । म्याग्देली विगतमा द्वन्द्वका बेला भोगेका डर, त्रास र भयले अझै पिरोलिइरहेका छन् । त्यतिबेला प्रत्येक घरबाट युवा विदेशिएका थिए । त्यसैको प्रभावले होला हामीले यात्राको चार दिनपछि मात्रै चौरखानी गाउ“मा युवा भेटेका । गाउ“का अधिकांश युवा विदेशिइसकेका रहेछन् ।
हाम्रो समूहकी डेबोरा -क्यामेरा वोमेन) र मिरियम -वृत्तचित्र निर्देशिका) ले गाउ“लेमा चुनावी ज्ञान कत्तिको छ भनेर बुझ्ने प्रयास गरे । भेटेजति सबै केटाकेटी, गृहिणी र बूढापाकाबाट चित्त बुझ्दो जवाफ पाउन सकेनांै ।

बेनीमा आईएमा पढ्दै स्थानीय एफएममा कहिलेकाही“ रिपोर्ट पठाउने गोपाल छन्त्यालका अनुसार गाउ“लेहरूलाई चुनाव’bout केही थाहा छैन । उनले केही समयअघि तयार पारेको रिपोर्टमा कुइने, मराङ्ग चौरखानी र खरीबोटका मानिसलाई संविधानसभा चुनाव भनेको के हो र कहिले हु“दैछ भन्ने पनि थाहा नभएको बताएका थिए ।

कुइनेको एउटा पि“ढीमा ६ युवा तास खेलिरहेका थिए । ठूलो क्यामेरासहितका तीन क्यानेडियन महिला र मलाई देख्नेबित्तिकै उनीहरू अलमलिए । छ जना युवा एकै ठाउ“मा † मैले सोध“ं-‘दाइहरूचाहि“ विदेश जानु भएन पैसा कमाउन -‘ केही बेरेपछि उत्तर आयो- ‘अह“ गइएन, गाउ“मै बसेर खेतीपाती गछौर्ं र फर्ुसदमा पि“ढीमा बसेर ढाड सेकाउ“छौं ।’ छेवैको रेडियो चुनाव’bout फुकिरहेको थियो । दाइ † चुनावले गाउ“मा कस्तो परिवर्तन ल्याउला – प्रश्न सुनेर एक युवाले भनिहाले ‘राम्रो परिवर्तन ल्याओस् भन्ने लाग्छ तर यो चुनाव पनि धनी र सहरी क्षेत्रकै लागि होला, हामी सोझा गरिबका लागि त के नै होला र -‘ त्यसो हो भने भोट हाल्न नजाने त – ‘त्यही भएर त पाएको छुट्टीलाई एक महिना लम्ब्याएर बसिएको छ नेपालमै’, उनले कुरा चुहाइहाले । उनीहरू कतारबाट छुट्टीमा आएका रहेछन् । चैत पहिलो साता फर्किनुपर्नेमा भोट हाल्नकै लागि एक महिना बिदा बढाएका रहेछन् । उनीहरू भन्दैथिए-‘नया“ नेपाल बन्छ भने हामी युवाले किन साथ नदिने – चुनावपछि बनेको संविधानले विकट गाउ“मा पनि शिक्षा, स्वास्थ, बाटोघाटो, रोजगारीका क्षेत्रमा राम्रो गर्ला भन्ने आशा छ । आफ्नै देशमा रोजगारी पाउन सके विदेशी भूमिमा जानु पर्दैनथ्यो ।’

यता मराङ्गको माध्यमिक विद्यालयका शिक्षक चक्र पुनले सुनाए -‘चुनाव यति नजिक हु“दा त कार्यकर्ता उनीहरूलाई चाहिने भोट माग्नसम्म आएका छैनन् भने जितेपछि त हाम्रो गाउ“मा आउलान् भन्ने कसरी विश्वास गर्ने र – जुन पार्टर्ीी नेताले जिते पनि काठमाडौंको पा“चतारे होटलमा मिटिङ गर्छन् र आफ्नो आर्थिक स्थिति बलियो बनाउ“छन् । गाउ“लेको मुखमा माड कसैले लगाई दि“दैनन् ।’ उनले मनको असन्तुष्टि पोखे पनि भोट हाल्ने पक्षमा छन् ।

सिबाङ्गको सामुदायिक वन उपभोत्ता समितिकी सचिव र स्कुलकी शिक्षिकासमेत रहेकी ओमकुमारी पुन गाउ“लेमा चुनाव होला र परिवर्तन आउला भन्ने विश्वास हटिसकेको बताउ“छिन् । उनका दाजुभाइ विदेशी भूमिमै पसिना बगाइरहेका छन् । विदेश जाने पैसाले यतै केही गर्न सकिन्न – जिज्ञासामा उनले भनिन्-‘विदेश जान्छु भने साहुले ऋण सजिलै दिन्छन् तर अन्य केही गर्छर्ुन्यो भने ऋण दि“दैनन् । त्यसैले सक्ने ब्रिटिस आर्मी, इन्डियन आर्मीमा जान्छन्, नसक्नेहरू ऋण गरेर खाडी मुलुकमा ।’

शिक्षा, स्वास्थ बाटोघाटो, सञ्चार माध्यम केहीमा पनि पहु“च नभएका यी गरिब गाउ“लेलाई खेतीबाट उब्जिएको अन्नले छ महिनाभन्दा बढी खान पुग्दैन ।

हामीले भेटेका सबै गाउ“ले चुनावप्रति सकारात्मक छन् । नेता र कार्यकर्ताले सहरी क्षेत्रकालाई मात्रै जनता मानेर गाउ“ नछिरेकामा भने उनीहरू दुःखी थिए । के सहरमा मात्रै प्रचार गरेर पुग्छ –

Posted on: 2008-04-02 20:58:37

Advertisements
This entry was posted in 1. Bookmark the permalink.

One thought on “म्याग्दीका गाउ“ डुल्दा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )